गत असार २५ गते म्याग्दीको धवलागिरी गाउँपालिका-६ मराङमा गएको पहिरोमा परी ज्यान गुमाएकाहरुको परिवार र विस्थापितलाई अल्टिच्यूट एयर प्रालिका सञ्चालक एवम् सिनियर पाईलट सोवित गौचनको पहलमा करिब साढे ६ लाख बराबरको सहयोग गरिएको छ ।

अल्टिच्यूट एयरका सञ्चालक लगायत विभिन्न एयरमा कार्यरत पाईलटहरूबाट आर्थिक सहयोग संकलन गरी बेनी नगरपालिका–८ शिक्षामार्ग घर भएका गौचनको उपस्थितीमा २० जनालाई ५ लाख ८५ हजार नगद र ५६ हजारको भाडाँकुडा पहिरो प्रभावितस्थलमै पुगेर वडा जनप्रतिनिधिको रोहवरमा हस्तान्तरण गरिएको थियो ।‘पहिरोमा ज्यान गुमाएकाको अवस्था हेरेर नगद नै हस्तान्तरण गरियो,‘त्यहाँको अवस्था निकै नाजुक रहेछ’ गौचनले भन्नुभयो ।

आफ्नै जिल्लामा बाढीपहिरोमा परेर ज्यान गुमाउनुपरेको अवस्थामा सबै ठाउँमा राहत पुर्याउन नसकेपनि धेरै क्षती भएको क्षेत्रमा पुगेर संकलन गरेको आर्थिक सहित साम्रागी सहयोग गरेको बताउनुभयो । टोलीले नगद सहित आवश्यक भाँडाकुडा, ५ बोरा चामल, एक डाइनिङ टेन्ट, दुई वटा सुत्न मिल्ने टेन्ट समेत सहयोग गरेको थियो ।

टोलीले हेलिकप्टर चार्टरका लागि छुट्टै खर्च ब्यवस्थापन गरेको थियो । यसअगाडी समेत सिनियर पाईलट गौचनले तातोपानी कुण्ड सहित जिल्लामा विभिन्न क्षेत्रमा सहयोग गर्नुभएको थियो । शुक्रबार कैलाश हेलिकप्टरमा गौचन सहितको टोली पहिरोस्थलमा पुगेर शनिबार दिउँसो फर्किएको थियो । यता धवलागिरी गाउँपालिका अध्यक्ष थमसरा पुन मगरले आर्थिक सहित आवश्यक सहयोग गरेकोमा पाईलट गौचनलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

Leave a Reply