सताब्दिऔं देखि हर वर्ष हाम्रो समाज, देशमा समयानुसार विभिन्नपर्वहरु मनाउँदै आईरहेका छौ। जसमध्ये रक्षाबन्धनपनि एक प्रमुखपर्व हो। रक्षाबन्धनपर्वलाई राखिवा जनैपूर्णिमापनिभन्ने गरिन्छ।

श्रावण शुक्लपक्षको पूर्णिमाको तिथिमा पर्ने यस पर्वमाकतै बिहानै उठेर नदीमागएर स्नानगर्दछन् त कतै ब्राह्मणले आफ्नायजमानलाई रक्षाबन्धनको डोरो वाविधिपूर्वक मन्त्रद्वारा बनाईएको धागो वा जनै बाँधिदिन्छन्।

कतै दिदिबहिनीहरुले दाजुभाईलाई रक्षाबन्धनको धागो बाँधिदिन्छन्, जसलाई राखिपनि भनिन्छ। आजदुनियामा अनेक प्रकारकाबन्धन हुन्छन्, जसले दुःखी, अशान्त, चिडचिडापनको अनुभव गराउँछन्। सबै बन्धनदुःखदायि हुन्छन्, तर एउटा मात्र यस्तो बन्धन छ जसले अनेक परिस्थितिहरुमा रक्षागर्ने गर्दछ, त्यो हो रक्षा–बन्धन।

यहाँ रक्षाबन्धनभन्नाले स्थुलधागो वा डोरी नभई मर्यादारुपि, अनुशासन रुपिबन्धनहो। जब सृष्टि ईश्वरिय मर्यादाभित्रथियो तब व्यक्तितथा समाजमा सुख, शान्ति, आनन्द, इमान्दारिता, विश्वास, भाईचाराले परिपूर्ण थियो। जसलाई सत्ययुग र त्यहाँकामानवलाई देविदेवताभनिन्थ्यो।

जहाँमानवहरु ईश्वरीय बन्धनअथवामर्यादाभित्र रहेकाथिएजसलाई स्वर्ग, हेवन, बहिश्त, बैकुण्ठ भनेर बुझिन्छ। समयको परिवर्तनसँगै कालान्तरमा सृष्टिको मध्यकालमामानवको आत्मामाविषयविकार(काम, क्रोध, लोभ, मोह, अहंकार आदि) को प्रवेश भएपछि मानविय गुण र शक्तिको ह्रासको क्रम सुरु भयो।

जबमानवहरु आसुरी अवगुणरुपिबन्धनमा जगडिन पुगे तब मानवजीवनमाअशान्ति, असुरक्षा, दुःख, चिन्ता, पीडा र बैमनस्यता बढ्न थाल्यो। जीवनमाविश्वास,इमान्दारीता, निष्ठा हराउनथाले यसको परिणाम आजहामीवर्तमान समय भोगिरहेका छौ।

आजमानवले आफ्नो स्वरुप, गुण, धर्म, कर्म भुल्दै आएको छ। मानसिकअवस्थाको कारण सामाजिक, आर्थिक, शारीरिक रुपमापनिदरिद्रता छाएको छ, चारैतर्फ कलह र क्लेश, झै–झगडा मात्रचलिरहेको छ तसर्थ वर्तमान समाजआसुरी तथानर्कसमानबन्नपूगेको छ। भौतिकविकाश त चरम सीमामापुगेको छ तर आजमानवको नैतिकचरित्रमागिरावट तथापतन साथै भ्रष्टाचार बढ्दै गएको छ। यी सबै मानवकर्मकाफलहुन्।

आज हर वर्ष रक्षाबन्धन त बाँधिन्छ तर प्रश्न उठ्न सक्छ ‘अब रक्षाको देखि चाहिन्छ?, कसदेखि डराउँनुपर्छ?’ आज न जंगलीजनावरको भय छ, न आक्रमणकारीहरुको, न त कंश–रावण आदि राक्षसको आखिर रक्षाकोबाट चाहिन्छ ?हामिहरुलाई रक्षा चाहिन्छ– निर्लज्जताबाट, अनेक फेशनकाआकर्षणहरुबाट, घृणा, अविश्वास, भयबाट, काम, क्रोध, अहंकार आदि शत्रुबाट।

रक्षाबन्धनपर्व आत्मा–भावजागृत गर्ने पर्व हो। एक पिताको बच्चा, एकै घरबाट आएका छौ, एकै रंगमंचमा नाटक खेलिरहेका छौं। हामी सबैको रगत, पसिना, आसूँ, हाम्रो खुशी र चिन्ताको अनुभूति समान छन्, हामी सबै एकै हौं, सारा विश्व एक परिवार हो। वसुधैव कुटुम्बकम् को भावनामाभिजेर हर कर्म र व्यवहार गर्छौ, यसको नाम नै हो रक्षाबन्धन।

जहाँसम्म रोग, निर्धनतातथाअन्यप्रकारकाआपत–विपतहरुको प्रश्न छ, यो पनिमनुष्यको आफ्नै कर्मको फलको रुपमा सामुन्ने आउँछ। जबसम्ममनुष्यले आफ्नो कर्मलाई सुधार्दैन, आफ्नो स्वभावलाई मधुर र दिव्यबनाउँदैन तबसम्म रक्षाको कुनै उपाय छैन।

अतः स्पष्ट छ कि रक्षाबन्धनकुनै स्थुलचीजहोईन, यो त धर्मको बन्धनअर्थात् पवित्रताको बन्धनहो। जसले धर्मको रक्षा गरेको हुन्छ, उसलाई नै धर्मले पनि रक्षागर्दछ। जो मन–वचन–कर्ममापवित्र रहन्छ, उसको रक्षाउसको आफ्नै कर्मले गरेको हुन्छ। कुनै न कुनै व्यक्तिउसको सहायताको लागिनिमित्तबनेर आईपुग्छ।

रक्षाबन्धनपर्वलाई ‘बिषतोडक पर्व’ अथवा ‘पूण्य प्रदायकपर्व’ पनि भनिन्छ। यसबाट सिद्ध हुन्छ कि यो कुनै विशेष धेरै ठूलो बन्धनहो। डोरो को बन्धन त केबल सुचकमात्रहो। जसरी कमलको फूललाई पवित्रताको प्रतिक मानिन्छ, त्यस्तै रक्षाबन्धनलाई पनि डोरो बाँधेर रक्षाको सुचकमानिएको छ।

चाहे हामी रक्षाबन्धनबाँधौ वा जनै लगाऔं, यी सबै पौराणिक कर्मले हामीलाई पवित्र रहनकै लागि प्रेरणा दिईरहेका हुन्छन्। पवित्रतामानिसको सुखको आधार हो, परमात्माशक्तिप्राप्तिगर्ने जगहो, सुख–शान्तिको जननीहो। जति–जतिमानव भित्रबाट पवित्र हुन्छ ऊ त्यति नै मुस्कुराउन सक्दछ, हँसिलो रहन सक्दछ।

दाजूभाइलाई दिदिबहिनीले अर्थात् ब्राह्मणहरुले आफ्नायजमानहरुलाई यो रक्षाबन्धन बाँधिदिन्छन्। भाई–बहिनिको नाता धेरै पवित्र हुन्छ, भाई–बहिनिको दृष्टि एक–आपसमा धेरै पवित्र हुन्छ।

ऊनिहरुमाकामवासनाको संकल्प लेशमात्रपनिहुन सक्दैन। अतःधर्मको नाताले दिदिबहिनीले दाजूभाईलाई र ब्राह्मणहरुले आफ्नायजमानहरुलाई यो बन्धन बाध्दछन् पवित्र रहनको लागि। सदापवित्र रहनु पवित्रताका रक्षाकारी प्रभूलाई प्रिय लाग्छ।

वास्तवमाजो दिदि–बहिनी स्वयं ब्रह्मचर्य व्रतलाई धारण गरेकाहुदैंनन् अथवाजो ब्राह्मणले स्वयं पवित्रताको महाव्रतको पालनागर्दैनन्, उनीहरु यस्तो बन्धन कसैलाई पनिबाँध्नेको अधिकारी पनिहुदैंनन्। जो व्यक्ति स्वयं नियमको पालना गरेको हँुदैन ऊ न अरुलाई त्यस नियमको बारेमाउपदेश दिने अधिकारी नै हुन्छ, न त उसको उपदेशले कसैलाई प्रभाव नै पर्छ।

स्वयं ब्रह्मचर्य व्रतको पालनगर्नेवालादिदि–बहिनीआफ्नादाजूभाईलाई अथवा मन–वचन–कर्ममापवित्र रहनेवाला ब्राह्मण आफ्नायजमानहरुलाई जब यो रक्षाबन्धन बाधिँदिन्छन् तब उनिहरुलाई पनि प्रेरणा मिल्छ।

यमराजको दण्डदेखि वा रोग र सोकबाट हामीहरुले साच्चिकेै रक्षा चाहन्छौं भने हामीहरुले पूनः यो विचित्रबन्धनबाँधौ अर्थात् मन–वचन–कर्मलाई पूर्ण पवित्रबनाउँने व्रतबसौं। अरुलाई रक्षाबन्धनबाँधिदिने वाआफूले बाँध्नुको सट्टा हामी स्वयं यस पवित्रताको बन्धनमाबाधिँऔं।

बजारमागएर एक रेशमि डोरी जस्तो राखिकिनेर त्यसलाई बाँध्नु अथवाअरुलाई बाँधिदिएर केहि पैसा वा मिठाई दिएर–लिएर फेरी निर्बन्धनहुनु, यो त आफ्नो जीवनप्रतिअचेतवालाहरुको कामहो। रक्षाबन्धनबाँध्दामिल्ने र स्थूलउपहारको सट्टा एकअर्काका गुणहरुको लेनदेन ग¥यौ भने अपराधमुक्त र सद्भावनापूर्ण समाजअर्थात समग्र रुपमा एउटा नयाँविश्वको निर्माण हुन सक्दछ।

सामाजिकमर्यादाहरु सुखदायि र स्नेही पुष्पहरुबाट पल्लवितहुन सक्दछन्। यहि नै परमात्माको संदेश हो। यदिजीवनलाई केहि उच्चबनाउँने लगन छ, यदिप्रभूसँग सच्चाप्यार छ भने पवित्रताको विणा उठाउन आवश्यक छ। रक्षाबन्धनबाँध्नु महाविरको कामहो। कायर(कमजोर)ले त न आफ्नो न अरुको रक्षा नै गर्न सक्छ। महाविर वामहाविरनीउनिहरुनै हुन् जो कामविकारसँग युद्ध गर्दछन्,

जो क्रोधको अग्निलाई निभाएर शान्तगर्नको लागिआत्मिक ज्ञानरुपी जलले आफूलाई भरपूर गर्दछन्, जो मोहको खाडललाई पार गर्दछन् र अहंकारलाई ज्ञानको तिरद्वारा मेटाईदिन्छन्। बाँध्नु छ भने यस्तो रक्षाबन्धनबाँधौ जसबाट स्वर्गको स्वराज्यप्राप्तहोस्, जसबाट प्रभूको प्यार प्राप्तहोस्, जुन रक्षाबन्धनबाँध्नाले फेरी कहिल्यै पनि रक्षाको आवश्यकता नरहोस् र जसबाट सबैकाकामनाहरु पूर्ण हुदै जाऊन्।

पहिले यदिकसैसँग अपवित्रतायुक्तनातावाव्यवहार छ भने यस पावनदिनमा एक–अर्कासँग पवित्रताको बन्धनबाँधौ। यस प्रकारको रक्षाबन्धनद्वारा नै यो देश पूनःश्रेष्ठाचारी अर्थात् स्वर्ग बन्न सक्छ।

यसैले कहावतपनि छ, जब असुरहरुसँग हारेर इन्द्रले आफ्नो स्वराज्यगुमाएका हुन्छन् तब उनले पनि इन्द्राणिबाट रक्षाबन्धनबाँधेकाथिए र फलस्वरुपआफ्नो गुमाएको स्वराज्यपूनःप्राप्त गरेकाथिए।

यसरीनै अर्को किंवदन्तिअनुसार यमले आफ्नो बहिनी यमुनाबाट रक्षाबन्धनबाँधेकाथिए र उनले भनेकीथिईन्, ‘आजकादिनजसले यो रक्षाबन्धन बाँध्दछ ऊ यमलोकका राजा यमराजको दण्डबाट बँच्दछ।’

स्पष्ट छ कि यस्तो रक्षाबन्धन जसबाट स्वर्गको स्वराज्यप्राप्तहोस् अथवामनुष्ययमको दण्डबाट पनिबाँच्न सकोस्, यो एकमात्रपवित्रताको बन्धनहुन सक्छ, अरु कुनै बन्धनहोइन।

यस रक्षाबन्धनपर्वलाई हामी सबैले मिलेर वैश्वीक रुपबाट मनाउनुपर्ने आवश्यकता छ, ताकि सद्भावना र शान्तिपूर्ण संसारको निर्माण हुन सकोस्। यहि नै रक्षाबन्धनपर्वको मूल संदेश हो।

समयको मागअनुसार हामी यस रक्षाबन्धनलाई निरन्तर परमपिता परमात्मामा बुद्धिको सम्बन्धजोड्दै उहाँबाट शक्तिप्राप्त गरीआत्मबल भरेररक्षाको कवच रुपीवायुमण्डल सारा विश्वमाप्रवाह गराईआपसी सद्भावका साथमनाउनेछौ। यस रक्षाबन्धनले तपाईको आपसको नाता सदा स्नेहयुक्त, शुद्ध, स्वच्छ–निश्चल, पवित्र राखिरहोस्, परमात्मा सँग तपाइको सच्चा सम्बन्ध जुटिरहोस्, हार्दिक शुभकामनाव्यक्तगर्दछौ।

ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयएवं
राजयोग प्रशिक्षण केन्द्र
बेनी, म्याग्दी

Leave a Reply