कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढ्दै गएपछि म्याग्दीको सदरमुकाम बेनीमा आउने सर्वसाधारणलाई लायन्स क्लव अफ महारानीले सडकमै बसेर निशुल्क मास्क वितरण थालिएको छ।

कोरोनाको जोखिम बढ्दै जान थालेको अवस्थामा सरकारले लकडाउन खोलेको भन्दै मास्कको प्रयोग गर्न छाडेपछि क्लवले बेनीबजारको विभिन्न चोकमा पैदल तथा सवारीसाधनमा मास्क विनै यात्रा गरिरहेकालाई वितरण गरेको क्लवकी अध्यक्ष संगिता श्रेष्ठले बताउनुभयो ।

‘सचेतनामुलक कार्यक्रम समेत सञ्चालन गरिएको छ,‘मास्क नलाई यात्रा गर्नेको संख्या धेरै देखियो’ श्रेष्ठले भन्नुभयो । जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीले माईकिङ गरी मास्क नलगाउनेलाई जरिवाना समेत गर्न थालेको अवस्थामा अनिवार्य मास्क लगाउन आग्रह गर्दै निशुल्क मास्क वितरण गरिएको क्लवले जनाएको छ ।

बेनीबजारको विरेन्द्रचोक हुदै न्यूरोड, क्याम्पसचोकसम्म पुगेर एक हजार मास्क वितरण गरिने जनाइएको छ । कार्यक्रममा लायन्स क्लव ३२५ बि १ नेपालका स्पेशल सेक्रेटरियट एडभाईजर सन्तोष रावल, लायन्स क्लव महारानीकी पूर्व अध्यक्ष एवम् लायन्स क्लव ३२५ बि १ नेपालकी विभागीय प्रमुख प्रमिला जोशी श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । क्लवले शिक्षा, स्वास्थ्य, महिला उद्यम लगायत विभिन्न रचनात्मक कार्यहरु सञ्चालन गदैं आइरहेको छ ।

Leave a Reply