सामाजिक क्षेत्रको कार्यमा कृयाशिल रोटरी क्लव अफ म्याग्दीको बर्ष २०२०-२०२१ का अध्यक्षमा टिकराम सापकोटा चयन हुनुभएको छ । बेनीबजारमा सम्पन्न भएको दोस्रो पदस्थापन समारोहमा प्रेसिडेन्ट इलेक्ट दीपक श्रेष्ठ, उपाध्यक्ष नवराज पौडेल, सचिव विष्णु कुमारी रोका, कोषाध्यक्ष प्रकाश रेग्मी लगायत विभिन्न पदमा चयन भएका छन् । क्लवका वर्ष २०१९÷२० का अध्यक्ष धनञ्जयकुमार श्रेष्ठले एक कार्यक्रमका विच म्याग्दी बहुमुखी क्याम्पसका निर्वतमान प्रमुख समेत रहनुभएका सापकोटालाई पदस्थापना गराउनुभएको हो । पदस्थापना समारोहमा बोल्दै रोटरी डिष्ट्रिक्ट ३२९२ का असीस्टेन्ट गभर्नर दुर्गादत्त आचार्यले सामाजिक क्षेत्रमा रोटरी क्लवले विश्वमै आफ्नो पहिचान बनाउन सफल भएको अवस्थामा म्याग्दी लगायत धवलागिरी भित्रका जिल्लामा समेत क्लवमार्फत शिक्षा, स्वास्थ्य लगायतका सामाजिक कार्यमा योगदान गर्न सकिने बताउनुभयो ।उहाँले म्याग्दीमा छोटो समयमै क्लवमा आवद्ध भई विभिन्न गतिविधिमा सक्रियता देखाएको भन्दै योगदानको प्रशंसा गर्नुभएको थियो । सोही अवसरमा रोटरी क्लव अफ बाग्लुङका अध्यक्ष दयाराम पौडेल,पर्वतका अध्यक्ष रमेश शर्मा, भोकेशल अवार्ड बिनेता, जमुना आचार्य लगायतले रोटरीको महत्वलाई आत्मसाथ गर्न र सवैलाई रोटरियन भन्दा पनि एक तह माथी उठेर सामाजिक कार्यमा जुट्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रमको अध्यक्षता सापकोटा, सञ्चालन कोषाध्यक्ष रेग्मीले गर्नुभएको थियो ।

ROTARY CLUB OF Myagdi (Club No.90345) 2nd Installation Ceremony

Post Name
President Tikaram Sapakota
IPP Dhananjay K Shrestha
President Elect Dipak Shrestha
Vice President Nawaraj Paudel
Secretary Bishnu Kumari Roka
Treasurer Prakash Regmi
Surgent at Arm Ramji Prasad Subedi
Directors/ Chairs  
Membership Development Hari Prasad Paudel
Public Ralation Amar Baniya
Foundation Sujan Baruwal
Club Administration Yadav Rijal
Sercive Project Bhakta Karki
Editor/Trainer Pashupatinath Dhakal
Advisor Raju K.C
Advisor Bhisma Malla

Leave a Reply