म्याग्दीको सदरमुकाम बेनीको मुख्य प्रवेशद्धारमा स्वचालित बूम व्यारियर राखिएको छ । कालिपुल बसपार्कको सुरक्षा चेकजाँचलाई ब्यवस्थित र प्रविधियुक्त बनाउन अमेरिकाको हाउस्टन रहेका बेनी नगरपालिका–९ घटान नेप्टेचौरका सञ्जिव बानियाँले दिवंगत हजुरबुबा भद्रबहादुर बानियाँको स्मृतिमा १ लाख ९० हजारमा खरिद गरी सोमबार एक कार्यक्रमका बीच जिल्ला प्रहरी कार्यालयलाई हस्तान्तण गरिएको छ । म्याग्दी र मुस्ताङ जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालिपुलको पक्की पुलमा राखिएको बूम ब्यारियरको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले उद्घाटन गदैं नयाँ प्रविधिले चेकजाँचमा सहज हुने बताउनुभयो ।

‘निजी सहयोगमा जिल्लाभित्र थुप्रै काम गरिएको छ,‘कोरोनाको जोखिमलाई मध्यनजर गरी जडान गरिएको प्रविधिको दिगो बनाउन सुरक्षा निकायको भूमिका महत्वपूर्ण छ’ ढकालले भन्नुभयो।

ओमकुमारी शान्ति कोषका संस्थापक अध्यक्ष चन्द्रकुमार केसीको समन्वयमा जडान गरिएको उक्त प्रविधिको प्रयोगले सुरक्षाकर्मीलाई समेत कोरोना संक्रममणको जोखिम कम हुने, सवारी चालकले गाडी रोकेर सामाजिक दुरी कायम गर्न सहज हुने, चालकले सम्पूर्ण विवरण देखाएपछि रिर्मोटबाट खुल्ने प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले बताउनुभयो ।

उहाँले नाकामा सिसी क्यामेर सहित २४ घण्टा सुरक्षा चेकजाँचलाई थप प्रभावकारी बनाउने बताउनुभयो । बेनी हुदै बाहिरिने र प्रवेश गर्नेको तथ्याङ्क कम्यूटराईज गरिने योजना सहित अगाडी बढेको बताउनुभयो ।

उक्त कार्यक्रममा ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्य, लायन्स क्लव ३२५ बि वान नेपालका सरोज बानियाँ लगायतको उपस्थिती रहेको थियो । निजी क्षेत्रबाट पोखरामा सञ्चालन गरिएपनि साविकको धौलागिरी अञ्चलमा पहिलोटक म्याग्दीमा प्रयोगमा ल्याइएको छ ।

Leave a Reply