म्याग्दीको सदरमुकाम बेनीमा गाई काटेर मासु भाग लगाउँदै गरेका चार जना पक्राउ परेका छन् । सुराकीका आधारमा प्रहरीलेबेनी नगरपालिका–६ अर्थुङेका ४८ बर्षिया बिरबहादुर किसान, बेनपा–८ खैरेनीका ६३ बर्षिया चन्द्रे दर्जी, मालिका गाउँपालिका–५ घरभई कालिपुल बस्ने ३५ बर्षिय हिरा रसाईली र बागलुङको बडिगाढ गाउँपालिका–२ का ४२ बर्षिय राजु विकलाई नियन्त्रणमा लिइएको प्रहरी निरिक्षक धुब्रप्रसाद शर्माले बताउनुभयो ।

राती बेनीबजारको नजिकैको गाउँमा काटेर सदरमुकाम बेनीमा ल्याएर भाग लगाउँदै गरेको अवस्थामा स्थानीयले देखेपछि जानकारी गराएलगत्तै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अभियुक्त हिरा रसाईलीको कोठमा मासु बिलो लगाउँदै गरेको अवस्था र केही पकाउँदै गरेको बेलामा प्रहरीले नियन्त्रणमा लिएको थियो । मंगला गाउँपालिकाको एक गाउँबाट खरिद गरेर ल्याएर जनैपूर्णिमाको दिन खाने भन्दै खैरेनीमा काटेका थिए।

खैरेनीका चन्द्र दर्जीले काट्ने ब्यवस्था मिलाएर पछि काटेर डोकोमा रातको समयमा बेनीमा ल्याएर राखेर विहान भाग र केहीले मासु पकाउदै गरेका थिए । राष्ट्रिय जनावर गाई काटेको आरोपमा पक्राउ परेका चारैजनालाई पशुपंक्षी सम्बन्धी कसूर (गौवध हत्या) मा मुद्धा दर्ता गरी मंगलबार अदालतबाट म्याद लिएर अनुसन्धान थाल्ने जनाइएको छ ।

Leave a Reply