म्याग्दीमा बाढीपहिरोमा परेर ज्यान गुमाएका तथा विस्थापित परिवारलाई नेपाली कांग्रेसले सुरू गरेको राहत अभियानमा विदेशमा रहेका रघुगंगा गाउँपालिका–४, दग्नामबासीले साढे ३ लाखभन्दा बढी आर्थिक सहयोग गरेका छन् ।

मंगलबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा प्रवासमा रहेका दग्नाम–दर्मिजाबासीले उपलब्ध गराएको ३ लाख ५४ हजार २६२ रुपैयाँ दग्नाम–दर्मिजा समाज बेनी गलेश्वर सम्पर्क समितिका अध्यक्ष सरिता गर्बुजा, सचिव धनिलाल गर्बुजाले पार्टी सभापति खम्बीर गर्बुजालाई हस्तान्तरण गर्नुभएको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै कांग्रेस सभापति गर्बुजाले प्राकृतिक विपत्तीमा परेका म्याग्देलीलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

जिल्लाको समस्याका बारेमा सहयोगको अपिल गरेपछि पार्टीमार्फत राहत वितरण गर्ने गरी उक्त सहयोग प्राप्त भएको सभापति गर्बुजाको भनाई छ । उहाँले कांग्रेसले प्राकृतिक विपत्तीमा परेकालाई राहत तथा पुर्नवास अभियानमा सघाउने गरी कार्यविधि बनाएर अगाडी बढेको समेत सभापतिले गर्बुजाको भनाई छ ।

यूकेमा रहनुभएका कुमार गर्बुजा, अमेरिकामा रहेका शिव तिलिजा,हङकङमा गंगे तिलिजा, सुजाव पुन र जापानबाट सुमित्रा गर्बुजाले आर्थिक सहयोग जुटाएर पठाउनुभएको याँ दग्नाम–दर्मिजा समाज बेनी गलेश्वर सम्पर्क समितिका सचिव धनिलाल गर्बुजाले जानकारी दिनुभयो ।

उहाँले आफ्नै जन्मगाउँमा धेरै सहयोग गर्ने गरेको अवस्थामा जिल्लाभित्रका विभिन्न क्षेत्रमा समस्यामा परेकालाई समेत दग्नामबासीले सहयोग गरेको बताउनुभयो । बेनी नगरपालिका र पाँचवटै गाउँपालिकाबाट प्राकृतिक प्रकोपमा परेकालाई राहत दिने गरी तथ्याङ्क संकलन भइरहेको बताउँदै समस्यामा परेकालाई पार्टीमा सम्पर्क गर्न समेत नेपाली कांग्रेस म्याग्दीले अनुरोध गरेको छ ।

Leave a Reply