बागलुङ जिल्लाको गल्कोट नगरपालिका–१० रमुवामा भरुवा बन्दुक पड्किएर एक जनाको मृत्यु भएको छ ।भरुवा बन्दुक पड्किएर गल्कोट नगरपालिका–१० रमुवाका १५ बर्षिय मिलन मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका इन्सपेक्टर हेम केसीले जानकारी दिनुभयो । इन्सपेक्टर केसीले मगरको घरदेखि ३ घण्टा टाढा जंगलमा भरुवा बन्दुक पड्किएर मृत्यु भएको बताउनुभयो ।

मगरको घटनास्थलमै सोमबार साझँ साढे ५ बजे नै ज्यान गएको प्रहरीले जनाएको छ । मगरसँगै जंगलमा गएका पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इन्सपेक्टर केसीले पाँच जनालाई हटिया प्रहरी चौकीको टोलीले पक्राउ गरि अनुशन्धानको लागि जिल्ला प्रहरी कार्यालय बागलुङ बजारमा ल्याउँदै गरेको जानकारी दिनुभयो ।

Leave a Reply