बाढीपहिरोले अवरुद्ध बेनी–बागलुङ सडक मर्मतपछि सुचारु भएको छ । बेनी-बागलुङ सडक खण्डअन्तर्गत म्याग्दीको बेनी नगरपालिका-१ रत्नेचौरको रुईनखोल्सामा गत साउन ५ गते अवरुद्ध भएको सडक सञ्चालनमा आएको हो ।

बाढीपहिरोले अवरुद्ध भएको सडक मर्मतपछि अस्थायी रुपमा सञ्चालनमा आएको वडा अध्यक्ष टेकबहादुर रावलले बताउनुभयो । ‘अस्थायी रुपमा सञ्चालनमा ल्याएका छौ,‘मर्मत गरिएको स्थानमा सवारीसाधनमा आवतजावत गर्दा सतर्कता अपनाउनुपर्छ’ अध्यक्ष रावलले भन्नुभयो ।

सडक अवरुद्ध हुदाँ बेनपा १ रत्नेचौर तथा छिमेकी जिल्ला बागलुङ आवतजावतमा समस्या भएको थियो ।
बेनी–बागलुङ सडक बेनी-मालढुंगा–सडकको विकल्पको रुपमा समेत रहेको छ ।

मालढुंगा बेनी सडक अवरुद्ध हुँदा बागलुङ–बेनी सडक भएर म्याग्दी र मुस्ताङ जाने आउने सवारी साधन आवतजावत गर्न सक्नेछन् । बागलुङ रत्नेचौर–बेनी खण्डको सडक कालोपत्रे समेत भएकाले थप बाँकी खण्डमा समते कालोपत्रेको तयारी भइरहेको छ ।

कालोपत्रेका लागि रिनेटिङ, ग्याबियन पर्खाल लगाउने, रक कटिङ गरेर सडकलाई नालीसहित १० मिटर फराकिलो, कालोपत्रको पहिलो चरणको काम सकिएको अवस्थामा लकडाउन भएपछि योजना रोकिएको छ । सडकखण्ड हिलाम्मे हुदाँ यात्रुलाई निकै सास्ती हुने गरेको छ ।

Leave a Reply