कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई मध्यनजर गरी यसबर्ष बेनीमा सामाजिक दुरी कायम गरी सिमित संख्यामा उपस्थित भई गाईजात्रामा मनाइएको छ ।

नेपाल भाषा मंका खलको आयोजनामा जनैपूर्णिमाको भोलिपल्ट सदरमुकाम बेनीबजार परिक्रममा गरी नेवारी समुदायले वर्षभरी दिवंगत भएका मृतात्माको शान्तिको कामना गदैं मनाउने गरिएको गाईजात्रा लक्ष्मीनारायण मन्दिरमा विधिपूर्वक पूजाआजा गरी मृतकको घर–घरमा पुगेर मनाइएको नेपाल भाषा मंका खलका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।

‘यसबर्ष मन्दिरमा विधि पूरा गरी सिधै घरघरमा पुगेर नाच देखायौं’ श्रेष्ठले भन्नुभयो । गाईजात्रामा सहभागि हुने कलाकारहरुलाई अनिवार्य मास्क, सेनीटाइजरको प्रयोग समेत गरिएको श्रेष्ठको भनाई छ ।

दिवंगत पृत्रिहरुको सम्झनामा गाई र गोरुको अनुहार र मृतको फोटो अंकित गाई (तयामचा)बनाएर शहर परिक्रमा गराउने चलनलाई कोरोना भाइरस संक्रमणको जोखिमले रोकिएको ल्यामपुचका अध्यक्ष सुविन श्रेष्ठले जानकारी दिनुभयो ।

दिवंगत भएकाको आफन्त, मंकाखलका पदाधिकारी, सदस्य तथा केही स्थानीयको उपस्थितीमा मन्दिरभित्रबाट सवारीसाधनको समेत प्रयोग गरी कलाकारलाई एकबर्षभित्र दिवंगत हुनुभएकोका घर अगाडी पुयाइएको थियो ।

बजारमा पैदलयात्राबाट जाँदा भिडभाड हुने जोखिमले आवश्यक सतर्कता अपनाइएको नेपाल भाषा मंका खलले जनाएको छ । यो पर्वलाई नेवारी समुदायमा निकै महत्वपूर्ण मानिन्छ । पित्रृको पूजाआजाका लागि विभिन्न जिल्लाबाट चेलीबेटी समेत आउछन् ।

मृतात्माले यमलोक जाँदा बाटोमा पर्ने बैतरणी तर्ने र मोक्ष मिल्छ भन्ने धार्मिक विश्वास समेत रहेको छ । जनैपूर्णिमादेखि दुईदिनसम्म बेनीबजारमा यो नाच देखाउने गरिन्छ । बर्खेनाच भित्र सबैभन्दा महत्वपूर्ण दिनको रुपमा समेत गाईजात्रालाई लिने गरिन्छ ।

पित्रृ खुुसी भएमात्रै परिवारमा सुख, शान्ति र समृद्धि हुने भएकाले पूजाआजामा विधिलाई विषेश ध्यान दिने गरिन्छ । गाईजात्रामा कलिला बालबालिका समेत कलाकारको भूमिकामा देखिन्छन् ।

गाईजात्रा को मुख्य अभिप्राय यमलोकमा रहेका बैतर्नी खोला पार गर्ने भएको नेवार समुदायका अगुवाहमा प्रत्यक मृतकका घरबाट एक जोडी पुरुष मध्ये एक जना पुरुष र अर्को महिला बनाएर पठाइने चलन छ ।
मुकुण्डो लगाएको नागाको भेषमा बेनपा–७ का वडा अध्यक्ष राजेन्द्रकु्मार श्रेष्ठ र र नागिनीको भेषमा विनोद कुमार श्रेष्ठ प्रस्तुत हुनुभएको थियो । मृतकका आफन्तले आफ्नो अगाडी सापारू आउनेलाई बिशेष रुपले स्वागत समेत गर्ने गर्दछन् ।हिन्दुधर्मलम्बीले गरुड पुराणमा उल्लेख गरे अनुरुप एक वर्ष सम्म बन्द गरेर राख्ने यमलोकको ढोका सोहीदिन मात्र खोल्ने भएकोले त्यस दिनमृतकका परिवारले मृतकको नाममा विधि पूर्वकपूजा गरेर मठ मन्दिर,चैत्य, गुम्बा घुम्यो भने शिवालोक प्राप्त हुन्छ भन्ने धार्मिक मान्यता रहेको छ । सरकारले २५ जनाभन्दा बढी एकै ठाउँमा नहुन आग्रह गरेकाले नेपाल भाषा मंका खलले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी बर्खे नाचका विभिन्न कार्यक्रमहरु गर्ने गरेको छ ।

Leave a Reply