म्याग्दीको मालिका गाउँपालिकाले लामो समयसम्म कोरोना भाइरसका कारण विद्यालय जान नपाएका विद्यार्थीलाई स्वअध्ययन सामग्री वितरण गरेको छ । गाउँपालिकाको शिक्षा शाखाले ७ वटै वडामा रहेका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको हात–हातमा पुग्ने गरी साम्रागी विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

कोरोनाको जोखिमसँगै बन्द भएका विद्यालयमा तत्काल पठनपाठन सुरु हुने संकेत नदेखिएपछि गाउँपालिकाले तयार गरेको स्वअध्ययन सामग्री गाउँपालिकाको शिक्षा शाखामार्फत ९ मावि र २९ आधारभुत विद्यालयका गरी ३८ विद्यालयका करिब ३८ सय विद्यार्थीको हातहातमा पुग्ने गरी विद्यालयका प्रधानाध्यापकलाई उपलब्ध गराइएको शिक्षा शाखा प्रमुख अशोक रिजालले जानकारी दिनुभयो ।

‘साम्रागीले विद्यार्थीको शैक्षिक गतिविधिमा निकै सहज हुनेछ,‘शिक्षक र अभिभावकको सहयोगमा विद्यार्थीले पढ्ने गरी साम्रागी तयार गरिएको छ’ प्रमुख रिजारलले भन्नुभयो।

गाउँपालिकाले तयार गरेको स्वअध्ययन साम्रागी मालिका गाउँपालिका शिक्षक महासंघका अध्यक्ष एवम् भिम मावि देविस्थानका प्रधानाध्यापक डम्बर घर्ती मगर, जनप्रिय माविका प्रअ दिवाकर सुबेदी, राष्ट्रिय मावि रुमका प्रअ प्रेम घर्ती मगर, सिद्धार्थ मावि चिउरीबोटका प्रअ ललित घर्ती, प्रतिनर्मा आधारभु देविस्थान तिर्थप्रसाद फगामी, प्रशासन अधिकृत अर्जुनप्रसाद सुबेदी, शिक्षा शाखाका प्राविधिक सहायक सुन्दर खत्री लगायतको उपस्थिती रहेको थियो ।

विद्यार्थीलाई गृहकार्य, अभिभावक समेत सहज हुने गरी साम्रागीका बारेमा शिक्षकमार्फत जानकारी गराइने छ।  कक्षा १ देखि १० सम्मका विद्यार्थीको लागि गणित, विज्ञान, अंग्रेजी, नेपाली र सामाजिक विषय अध्यापन हुने ९० दिनको कोर्षलाई स्व अध्ययन सामग्रीमा समेटिएको छ । यसअगाडी लकडाउनको अवधिमा गाउँपालिका भित्रका केही विद्यालयले घुम्ती कक्षा समेत सञ्चालन गरेका थिए ।

Leave a Reply