अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

खोलाले बगाउँदा एक महिला बेपत्ता

By -
On: August 6, 2020 10:29 PM
Follow Us:

उत्तरी म्याग्दीको अन्नपूर्ण गाँउपालिका–५ मा घार खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छन् । शिखको पाउद्धारमाकी अन्दाजी ५५ बर्षिया टिकामति परियार खोला तर्ने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक एवम् सूचना अधिकारी डाक्टरप्रसाद चौधरीले बेनीअनलाइनलाई जानकारी दिनुभयो।

‘बेपत्ता महिलाको खोजीकार्य जारी छ,‘बाँसको फड्को तर्ने क्रममा चिप्लिएर खोलामा खसेको अनुमान गरिएको छ’ चौधरीले भन्नुभयो ।

बेपत्ता महिलाको खोजीकार्यमा शिखघारा प्रहरी चौकीका असई बिष्णु लम्सालको नेतृत्वमा खोजीकार्य गरिएपनि बर्षाका कारण बिहिबार साँझ स्थगित गरी पुनः शुक्रबार खोजीकार्यमा जुट्ने जनाइएको छ । बेपत्ता महिला विगत ५ बर्षदेखि माईतीमा रहेको बुझिएको छ ।

-