पर्वत जलजला गाउँपालिकाका–७ धाइरिङका बाढीपहिरो पीडितलाई खाद्यान्न र त्रिपाल सहयोग गरिएको छ । बाढीपहिरोको जोखिममा रहेका धाईरिङ किराखोला, सल्यानका १५ घरधुरीलाई धाइरिङका यूवा एवम् बेनीका सफल ब्यवसायी खेम केसीको पहलमा करिब ५० हजार बराबरको खाद्यान्न र त्रिपाल हस्तान्तरण गरिएको छ ।

बाढीपहिरोको चपेटामा परेपनि कुनैपनि सहयोग नपाएको गुनासो गरेपछि म्याग्देली यूवा आवाज र आफ्ना साथीहरुबाट सहयोग जुटाएर हस्तान्तरण गरेको केसीले बताउनुयो।

सहयोग हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष टुङगनाथ शर्माले पीडितलाई सहयोग जुटाउने अगुवा केसी लगायत सहयोगदातालाई धन्यवाद दिनुभयो । सोही अवसरमा पीडित राजु नेपालीले खाद्यान्न र त्रिपालले तत्कालको समस्या समाधान भएको बताउँदै थप सहयोग आवश्यक रहेको बताउनुभयो ।

Leave a Reply