म्याग्दीबाट कोरोनालाई थप ६ जना संक्रमितको पिसिआर रिर्पोट नेगेटिभ आएसँगै म्याग्दी पनि कोरोना मुक्त जिल्ला बनेको छ । विभिन्न देशबाटबाट आएर बेनीको क्वारेन्टाइनमा रहेको बेला संक्रमण पुष्टि भएर आईसोलेसनमा उपचारर्थ ६ जनाकै शुक्रबार पिसिआर रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

‘म्याग्दीमा आज कोरोना संक्रमति छैनन्,‘निको भएकालाई घर पठाउँछौ’ लम्सालले भन्नुभयो । विभिन्न देशबाट म्याग्दीमा आएका ४७ जनामा कोरोना पोजेटिभ देखिएकोमा शुक्रबार रिर्पोट नेगेटिभ आएका ६ जनालाई शनिबार विदाई गरिएसँगै तत्काल कोरोना संक्रमतिको संख्या जिल्लामा सुन्य हुने प्रमुख लम्सालको भनाई छ ।

यसैबीच शुक्रबार जिल्ला विभिन्न विभिन्न पेशामा आवद्ध रहेका १ सय ३ जनाको स्बाव संकलन गरी पोखरा पठाइएको छ । बैदेशिक रोजगारबाट आएका ६४ जना क्वारेन्टाइनमा छन् । समुदाय स्तरमा संक्रमण फैलन नदिन सचेत र सजग रहने गरी जोखिम मानिएका क्षेत्रमा खटिएकाको स्बाब संकलनलाई जारी राखिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो ।

Leave a Reply