पश्चिम म्याग्दीको दरबाङबाट कोरोना परीक्षणका लागि संकलन गरिएका १५ जनाको रिपोर्ट नेगेटिभ आएको छ । समुदायमा कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरी मालिका गाउँपालिका–६ दरबाङमा स्वाब संकलन गरी पोखरामा परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको कोभिड-१९ कमाण्ड पोष्टका सदस्य सुरत केसीले बताउनुभयो ।

‘समुदायस्तरमा गरिएको स्बाब संकलनको रिर्पोट नेगेटिभ आउनु जोखिम टेरेको संकेत हो,‘अत्याधिम भिडभाड हुने, फ्रन्टलाइनमा बसेर काम गर्नेहरुको स्बाब संकलनलाई तिब्रता दिएका छौ’ केसीले भन्नुभयो ।

उहाँका अनुसार जिल्लाभित्र सरकारी, गैरसरकारी, स्वास्थ्य संस्था, प्रहरी, पत्रकार लगागत समुदायमा काम गर्नेहरुको नमुना संकलन गरी परीक्षणका लागि पोखरा पठाउने क्रम सुरु भएको बताउनुभयो।

लकडाउन खुलेसँगै कोरोना फैलिरहेको जिल्लाबाट आवतजावतको बढेसँगै समुदायस्तरमा कोरोना फैलिएको हुनसक्ने जोखिमलाई मध्यनजर गरी शुक्रबार समेत विभिन्न क्षेत्रका १ सय ३ जनाको स्बाब संकलन गरिएको छ।

पहिलो चरणमा ट्याक्सी चालक, भिडभाड हुने सरकारी कार्यालय, होटल तथा रेष्टुरेन्टमा फ्रन्ट लाइनमा काम गर्ने कर्मचारी, बैंक कर्मचारी, मेडिकल पसल संचालक, स्वास्थ्यकर्मी, प्रहरी, पत्रकार, व्यवसायीलगायत विभिन्न क्षेत्रमा खटिएहरुका साथै कोरोना संक्रमति निको भएर फर्किएका स्थानहरुमा नमुना संकलनलाई प्राथमिकता दिइएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो ।

Leave a Reply