पहिरोग्रस्त धवलागिरि गाउँपालिका-६ मराङका विस्थापितलाई मराङ बेनी सम्पर्क समितिले ३ लाख सहयोग गरेको छ ।

गत असार २६ गतेको भिषणा बर्षासँगै पहिरोमा ज्यान गुमाएकाको परिवार र विस्थापितलाई पुर्नवास अभियानमा मराङ बेनी सम्पर्क समितिले संकलन गरेको आर्थिक सम्पर्क समितिका संयोजक यामनाथ सुबेदीले वडा अध्यक्ष राजाराम सुबेदीलाई हस्तान्तरण गर्नुभएको थियो ।

सहयोग हस्तान्तरण कार्यक्रममा बेनीबजार तथा आसपासका क्षेत्रबाट वडाबासीको पुर्नवास सहितको अभियानमा थप सहयोग जुटाउने संयोजक सुबेदीले प्रतिबद्धता जनाउनुभएको थियो । सम्पर्क समितिमा आवद्ध बाहेक बेनीबजारमा आर्थिक सहयोग समेत जुटाइएको थियो ।

सोही अवसरमा वडा अध्यक्ष सुबेदीले अस्थायी बसोबास गरिरहेका पीडितलाई सुरक्षित स्थानमा पुर्नवासको अभियानमा जुट्ने बताउनुभयो । मराङका पहिरोमा परीस् १९ जनाले ज्यान गुमाएका छन भने १२ जना घाईते र दुई जना अझै वेपत्ता छन् । मराङमा पहिरोले ७२ घरमा पूर्ण क्षति भएको छ भने गाउँमा बस्ने अवस्था छैन्।

Leave a Reply