रातीको १२ बजे गाँजा को गन्ध आयो, अहो..पल्लो पट्टि छिमेकीको छोरी सुत्ने कोठाको झ्यालमा धुवाको मुस्लो मडारिएको छ । हे सिबजी रक्षा गर भक्तलाई । जुनेली रात छन आज पनि पल्लो पट्टि छिमेकीको छोरी सिबजिको प्रसाद लिदै छिन, भोलि त उन्को बुवालाई भन्नू पर्यो छोरी सारै भक्त रहेछिन रातभरी सिबजिको नाम मा धुप बालिरहनछिन ।

मैले सामाजिक सन्जाल मा हाली रहदा उनका साथीहरुले देखेपछी भने होलान त्यो यौटा ठाउमा छ । आज छिमेककि छोरिको मलाई Friend request आको छ, आज उस्को बुवा संग पनि भेट भाको थियो ।

भोलि पल्ट सिबजिको प्रसाद लिने पल्लोपट्टि छिमेककि छोरिको म्यासेज आयो “प्लिज मेरो बुवा लाई केही नभन्दिनु” म दोधार मा परे, यसो मन मनै सोचे झुट कति दिन लुकाईदिउ बरु उनको बुवालाई भनेर उनलाई सुध्रिने मौका हुन्छ भने म नराम्रै भएको जाती ।

आज उनी बस्ने कोठाका झ्याल बन्द छन । न बत्ती बलेको छ, लौननी के भयो यो मध्यरातमा मेरो मनमा अनेक कुरा खेल्नु थाल्यो ! सिबजिको प्रसाद लिने पल्लोपट्टि छिमेककि छोरि को रुममा आज आमा ड्युटी मा बसेकी छिन(छोरी संगै सुत्नु थालेकी) सायद छोरिले रिले सिबजिको नाममा धुप नबालोस भनेर होला । छोरि र आमाको झगडा परेछ हिजो राती । आज आमाको टाउकोमा पट्टी लगाएको देखे, मलिन अनुहार बनाई साझ तरकारी किन्नु अगाडिको पसल मा आएकी थिईन आमा ।

छोरि दिउसो घर बाट निक्लेदेखि ६/७ घण्टा बेपत्ता भएकी थिईन ।स्वयम्बु स्थित एक होटलमा गाजा, ट्याबलेट, केही थान सुई सेट, बियर खाईरहेको बेला प्रहरिले नगद रु 54,385 सहित ३ जना युवती र एक युवा पक्राउ गरेको रहेछ। उनी एक प्रतिष्ठित ब्यक्तिको एक्लि छोरी हुन उनि भर्खर प्रहरी कार्यालय बाट घर आकि छिन ।

सिबजिको प्रसाद लिने पल्लोपट्टि छिमेककि छोरि आज सुर्य चुरोट एक बट्टा मेरो अगाडि किनेर लगेको देखे रुम मा पुगेपछी उनको आमाले देख्नुभएछ र त्यो चुरोटको बट्टा बुवालाई दिनु भएको रहेछ ! यो सबै लकडाउनको उपलब्धी रहेछ, लकडाउन भन्दा पहिला उनले कहिल्यै नसा सेबन र धूम्रपान सेवन गरेकी थिईनन ! उनी एक काठमाडौ प्रतिष्ठित कलेज मा engineering पढ्दै रहेछिन ।

प्रसाद लिने छिमेककि छोरि आज उनलाई सुधारकेन्द्र लगिएको छ केही महिना को लागि, आज उनको आमाको आखाबाट अबिरल आँसु बगिरहेछ्न बुवा छतमा बसि पुर्पुरोमा हात राख्दै जुनेली रातमा नियाल्दैछन।

छोरिको आज कोठामा भोटे ताल्चा लगाईएको छ, उनको कोठाको उज्यालो प्रकाश ले पनि प्रश्न गरिरहेको होला ! “धेरै जसो म बलिरहनु पर्थ्यो रातभर तर आज मौन हुनु बाध्य छु । एक्लो छु । सिबजिको नाममा धुप र आरती गर्ने कोहि पनि छैन “आज ती युवतिका बुवा आमालाई पटक्कै भोक छैन ! भाइ चाई pubg मा ब्यस्त छ ! रुमको उज्यालोपन पनि आज दङ्ग छ ।

सिबजिको प्रसाद लिने पल्लोपट्टि छिमेककि छोरिले आज भाइलाई सुधार केन्द्रमै बोलाएर रुदै राखि बाधिछिन, भाइ ले पनि आमाले बनायको क्वाटी र मिठा परिकार दिएर रुदै आँसु पुछ्दै घर फर्कियो । यता आमा बुवा दिन गन्दै बसिरहेका छन छोरिको यो अबस्थाबाट पहिलाकै साधारण नशा रहित अबस्थामा कहिले फर्केलिन भनी ।

छोरि सुधार केन्द्रमै छिन । उनका बुवा आमा र भाइ बसन्तपुर गाईजात्रा हेर्नू गएका थिए ।यता छोरी दिन र रात कसरी बिताउने भन्दै बोराका चामलको गेडा गन्दै, कहिले 1000 लि.ड्रम को पानी चम्चाले बाल्टिनमा भर्दै बसिरहेकी छिन !

सिबजिको प्रसाद लिने पल्लोपट्टि छिमेककि छोरि सुधार केन्द्रमै छिन । भाईले उनलाई आज देखि कलेजका किताब, कापी र कलम पुर्याउनु गएका थिए ।आमा बुवा लाई पनि अब त छोरी भोलिका दिनमा सुध्रेर नयाँ जीवन पाउनेछिन भन्ने स-साना आसाका त्यान्द्राले टुसा पलाएका छन । यो एक परिवार मा घटेको सत्य घटना हो ।  आमा बुवा ले आफ्नो परिवार का सदस्यहरु सहि बाटोमा छन कि नाई भनी चियोचर्चा गर्नु पर्दछ, नत्र छोरा छोरीहरु लागू-औसत मा फसेको पत्तै हुदैन र भबिस्य अन्धकार हुन्छ ।

Leave a Reply