म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  भारतबाट आएर म्याग्दी बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेका बेनी नगरपालिका ४ का २१ बर्षिय यूवामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनुभयो । उहाँका अनुसार ५५ जनाको स्बाब पठाइएकोमा एक जनाको पोजेटिभ आएको हो ।

 

यो सँगै म्याग्दीमा कोरोना संक्रमित हुनेको संख्या ४८ पुगेको छ भने निको भएर घर फर्किनेको संख्या ४७ रहेको छ। शनिबार विहान अन्नपूर्ण गाउँपालिकाका ३ जना, मालिका २ र मंगला गाउँपालिकाका १ जना गरी ६ जनालाई विदाई गरिएसँगै आइसोलेन कक्ष खालि भएको थियो । बैदेशिक रोजगारबाट आएका ६४ जना क्वारेन्टाइनमा छन् ।

Leave a Reply