कोरोना भाइरसको जोखिमसँगै स्थगित भएको नेपाल आइडल सिजन–३ को बाँकी कार्यक्रम सुरू भएसँगै म्याग्दीका नेशन पुन मगरलाई जिताउँ अभियान सुरू भएको छ ।

नेपाली टेलिभिजन इतिहासमा सर्वाधिक लोकप्रिय र सफल इन्टरनेशनल फ्रान्चाइज सिङ्गिङ रियालिटी शो नेपाल आइडलको तेस्रो संस्करणमा नेशन पुन उत्कृष्ट प्रस्तुती र सर्वाधिक भोटसँगै टप ५ मा उक्लिएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, चित्रेका पुन मगरले कोरोनाको जोखिमले कार्यक्रम स्थागित भएपछि पोखरामा आएर सामाजिक कार्यमा सक्रिय भएका थिए ।

उनले लकडाउनको अवधिमा खाद्यान्नको अभाव भएकालाई घरघरमा खाद्यान्न पुर्याउनुका साथै विरामीको उपचार लगायत सामाजिक र मानवीय सेवाम करिब दुई महिना विताएका थिए ।

टप ५ को यात्राको क्रममा पुनः प्रतिस्पर्धामा रहेका पुनलाई जिताउने अभियानमा रहेका म्याग्देलीले देशभरबाट भोटिङ सहितको अभियानमा साथ दिन अपिल गरेका छन् ।

गण्डकी प्रदेश सरोफेरोका पुराना गीतहरुलाई प्रस्तुतको प्रमुख आर्कषण बनाएका नेशनलाई नेपाल आइडलको उपाधीका लागि भोटिङ गर्न अभियानका संयोजक नारायण पुनले अपिल गरेका छन् । ‘नेशनले लकडाउनमा पनि सामाजिक अभियानमा साथ दिए,‘खाद्यान्न अभाव भएकालाई बोकेरै पुर्याउने काम समेत गरे’पुनले भने ।

सांगितिक क्षेत्रसँगै समाजसेवामा समेत लाग्ने नेशनले विगतमा जस्तै अवको प्रस्तुत र भोटिङमा पनि साथ दिन अपिल गरेका छन् । हाल पोखरा नदीपुरमा समेत बस्दै आइरहेका २० वर्षिय पुनले म्याग्दीमा जन्मिएर गीतसंगीतको क्षेत्रमा लागेको बताउँदै आएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत नेशनको पक्षमा भोट अपिल गर्नेको जमात विस्तारै बाक्लिदै छ । नेशनलाई आगामी सोमबार विहान ६ बजेसम्म भोटिङ गर्न सकिन्छ ।

Adv:

Leave a Reply