जिल्लाको प्रमुख प्रशासनीक क्षेत्र समेत रहेको बेनी नगरपालिका–७, बिरेन्द्रचोक टोल सुधार समितिले प्लाष्टिकजन्य बस्तुको प्रयोगलाई निरुत्साहित गर्ने अभियान सुरु गरेको छ । शनिबार आयोजित कार्यक्रममा झोला वितरण कार्यक्रममा टोलबासी, भाडामा बस्नेले पलाष्टिकको साम्रागी प्रयोगलाई क्रमश घटाउँदै जाने प्रतिबद्धता जनाएका छन् ।

पहिलो चरणमा डिभिजन बन कार्यालयको आर्थिक सहयोगमा प्राप्त झोला वितरण गरिएको र अपुग झोला समितिको आर्थिकबाट खर्च गरिने अध्यक्ष दलप्रसाद श्रेष्ठले बताउनुभयो । ‘यो अभियानलाई तिब्रता दिन्छौ,‘अब हामीले कार्यक्रममा पलाष्टिकको साम्रागी प्रयोग गर्दनौ’ श्रेष्ठले भन्नुभयो ।

करिब २१ घरधुरी रहेको टोलमा घरधनी र भाडावालालाई अभियानमार्फत जानकारी गराइएको समितिका सचिव लालबहादुर भण्डारीले जानकारी दिनुभयो । जुट र फेब्रीक झोलाको प्रयोगसँगै उत्पादनमा समेत टोलबासीलाई प्रोत्साहन गरिएको छ ।

समितिले घरभाडामा बस्नेलाई स्वागत तथा विदाई, सार्वजनिक खानोपनीको सुविधा, दैनिक सरसफाई, एकघर एक डस्बिन, ट्राफिक नियन्त्रणको अभियान,सडक बत्ती जडान, ढल मर्मत तथा सरसफाईमा सक्रिय रहेको छ । टोलबासीको रचनात्मक कार्यलाई मध्यनजर गरी बेनी नगरपालिकाले नमुना टोलको रुपमा सम्मान समेत गरेको थियो । टोलबासीले आर्थिक जुटाएर कोष समेत बनाएका छन् ।

Leave a Reply