नेपाल महिला संघ म्याग्दीले शनिबार ७३ औं स्थापना दिवस मनाएको छ । नेपाली कांग्रेसको भातृ संगठन संघको स्थापना दिवसको अवसरमा बोल्ने बक्ताले तत्कालिन समयमा राणा शासनको अन्त्यका लागि ज्यानको जोखिम मोलेर आन्दोलनमा होमिएका महिलाको त्याग र बलिदानबाटै महिला संघको स्थापना भएको बताएका थिए ।

स्थापना दिवसको उद्घाटन गदैं पूर्व सभापति एवम् संविधानसभा सदस्य रेशम बहादुर बानियाँ देशका हरेक आन्दोलनमा महिलाको योगदान रहेको बताउनुभयो । उहाँले प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्र स्थापनामा महिलाको भूमिकाको उच्च मुल्याङ्क राष्ट्रले गरेको बताउनुभयो ।

दिवसको अवसरमा विशिष्ट अतिथि पूर्व सभापति भुपेन्द्र बहादुर खड्का, अतिथि पूर्व सहसभापति नेत्र बहादुर महत, सचिव क्य मिन बहादुर कार्की, प्रदेश ‘ख’ का सभापति कमल छन्त्याल, कार्यसमिति सदस्य मनकुमारी विक, तरुण दल म्याग्दीका अध्यक्ष मुकुन छन्त्याल, राष्ट्रिय मगर संघका अध्यक्ष हिराबहादुर पुन, दलित संघ म्याग्दीको बरिष्ठ उपाध्यक्ष इन्द्रबहादुर विक, सांस्कृतिक संघको अध्यक्ष धनकुमारी छन्त्याल लगायतले मन्तब्य राखेका थिए । दिवसको अवसरमा कांग्रेस म्याग्दीका प्रबक्ता अजयमिलन श्रेष्ठले नेपाल महिला संघका संस्थापक अध्यक्ष मंगलादेवी सिंहको योगदानको समेत चर्चा सहित कार्यक्रममा प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएको थियो ।

सोही अवसरमा २१ जना महिलालाई नयाँ सदस्यता वितरण गरिएको थियो । नेपाल महिला संघ म्याग्दीकी अध्यक्ष बिमला गौचनको अध्यक्षता, उपाध्यक्ष निर्मला श्रेष्ठको स्वागत र सचिव सिर्जना श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो । महिला नेतृ स्व. मंगलादेवी सिंहको सकृयतामा वि.सं. २००४ सालमा नेपाल महिला संघको स्थापना भएको थियो ।

Leave a Reply