म्याग्दीमा यूवा नेतृत्व तथा ब्यक्तित्व विकासमा सक्रिय म्याग्दी जेसीको अन्तर सदस्यीय हाजिरी जवाफ प्रतियोगितामा झाँक्रीपानी समुह प्रथम भएको छ ।

कोभिड १९ को संक्रमणको जोखिमलाई मध्यनजर गरी लामो समयसम्म औपचारिक कार्यक्रम सञ्चालन नगरेको जेसीजले सदस्यस्तरीय प्रतियोगितामा झाँक्रीपानी समुहको तर्फबाट सन्दिप खत्री, इन्द्र विश्वकर्मा, सुनिता श्रेष्ठ प्रथम, चिमखोला मण्डलीका विरेन्द्र श्रेष्ठ, दिनेश बराल, निर्मल खत्रीको समुह दोस्रो भएको छ ।

प्रतियोगिताको संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठले उद्घाटन गर्नुभएको थियो भने निर्वतमान अध्यक्ष खम थापा मगरले मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा पूर्व अध्यक्ष भिमसेन बराईली, कमल विश्वकर्मा लगायतको उपस्थिती रहेको थियो ।

शाखा अध्यक्ष सुजन बरुवालको अध्यक्षता स्वागत बरिष्ठ उपाध्यक्ष सुमन श्रेष्ठ र सञ्चालन महासचिव सुमन बानियाँले गर्नुभएको थियो । जेसीजले समुदायसँगै आन्तरिक रुपमा समेत सदस्यको क्षमता विस्तारका लागि विभिन्न कार्यक्रम गर्ने गरेको छ ।

Leave a Reply