---Advertisement---

म्याग्दीका ढकाल सहित चारजना कांग्रेसमा प्रवेश

By -
On: August 9, 2020 11:53 AM
Follow Us:

म्याग्दीका पुराना कम्यूनिष्ट नेता बलभद्र ढकाल सहित चारजना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा आयोजित कार्यक्रममा नेकपा त्यागेका प्रगतिशील वैदेशिक रोजगार व्यवसायी संघका उपाध्यक्ष समेत रहेका ढकाल, बेनी नगरपालिका-३, भकिम्लीका समाजसेवी एवम वैदेशिक रोजगार व्यवसायी भीमबहादुर रोका, रघुगंगा गापा-२ भगवती भएका राष्ट्रिय ट्रक ब्यवसायी महासंघका अध्यक्ष राजेन्द्र श्रेष्ठ, मंगला गाउँपालिका–५ अर्मनकी ई.करिश्मा खत्रीलाई सभापति देउवाले थापालाई कांग्रेसमा स्वागत गरेका हुन् ।

कांग्रेसमा प्रवेश गरेका ढकाल तत्कालिन नेकपा एमाले अर्मनका पूर्व गाविस उपाध्यक्ष, म्याग्दी–काठमाडौं सम्पर्क मञ्चका पूर्वअध्यक्षका साथै काठमाण्डौमा रहेका विभिन्न म्याग्देली करिब एकदर्जन संघसंस्थामा आवद्ध छन् । पार्टी प्रवेश कार्यक्रममा बोल्दै ढकालले आफ्नो राजनीतिक यात्रालाई निरन्तरता भएको बताउँदै आरोप प्रत्यारोप भन्दा पनि काम गर्ने गरी कांग्रेसमा आएको बताए ।

‘मैले राजनीतिलाई ब्यवसाय बनाएको छैन्, राजनीति समाजसेवा हो,‘सकेको जिल्लालाई राजनीतिबाट योगदान दिन्छु’ ढकालले भने । उनले पदका लागि कांग्रेसमा नआएको बताए । त्यस्तै कांग्रेसमा प्रवेश गरेका भकिम्लीका रोका सफल ब्यवसायी हुन भने भकिम्लीमा शिक्षा, विकास निर्माण लगायत विभिन्न क्षेत्रमा निरन्तर सहयोग गरेका छन् ।

सोही अवसरमा नेपाली कांग्रेस म्याग्दीका सभापति खम्बीर गर्बुजाले पार्टीमा प्रवेश गरेकालाई उचित जिम्मेबारी दिईने बताए । ‘उहाँको अनुभव र सीपलाई पार्टीले उच्च सम्मान गर्छ,‘जिम्मेबारी दिने विषयमा आवश्यक छलफल सुरु भएको छ’ गर्बुजाले भने ।

पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री अर्जुन जोशी, कांग्रेस नेताहरू जित छन्त्याल नेपाली कांग्रेस म्याग्दी काठमाडौ सम्पर्क समितिका सभापति चित्र केसी कोषाध्यक्ष ईन्द्र थापा नेबिसंघ म्याग्दी काठमाडौ सम्पर्क समितिका सभापति दीपेन्द्र रिजाल, नेविसंघ म्याग्दीका पूर्व अध्यक्ष धनबहादुर छन्त्याल, नेपाली कांग्रेस देविस्थानका उपभापति भक्त घर्तीमगर लगायतको उपस्थिती रहेको थियो ।

-