म्याग्दीको मंगला गाउँपालिका बरंजाका बासिन्दा बाढीपहिरोले अवरुद्ध मोटरबाटो स्तरोन्नतिका लागि श्रमदानमा खटिएका छन् । म्याग्दको सदरमुकाम बेनी हुदै सवारीसाधनमा आवतजावत गर्ने मार्ग अविरल बर्षाले अवरुद्ध भएपछि स्तरोन्नतिका लागि प्रत्येक घरबाट एकजना खटिएको स्थानीय यूवा सुवास श्रेष्ठले जानकारी दिनुभयो। ‘पटकपटक मर्मत गर्दा पनि बर्षाले अवरुद्ध भएपछि समुदायको पहलमा श्रमदान गरी गरिएको हो,‘आफ्नो क्षेत्रमा अवरुद्ध भएको पहिरो पन्छाउन समुदायको अग्रसरता आवश्यक पर्छ’ श्रेष्ठले भने। साविकको बरंजा गाविस वडा नं ३ र ४ का बासिन्दाले सान्तुङ्ग, अर्जे खोला देखि वडा कार्यालयसम्मका मोटर र गोरेटो बाटो मर्मत गरेका थिए । समुदायको पहलमा मोटरबाटो र गोरेटोबोटा मर्मत गरिएकोमा मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले धन्यवाद दिनुभयो । गाउँपालिकाको बजेटबाट मात्रै मर्मत सम्भव नभएको अवस्थामा समुदायको पहलमा भइरहेको प्रयासको उच्च प्रशंसा गदैं विकास निर्माणका गतिविधिमा हातेमालो गर्नुपर्ने बताउनुभयो ।

Leave a Reply