बेनी अस्पतालमा हेमो डायलासिस सेवाको एक समारोहका बिच औपचारिक उद्घाटन गरिएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक प्राविधिक सहयोगमा शुरु भएको सेवाको आइतबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले उद्घाटन गर्नुभएको छ । मृगौला रोगका बिरामीको दुवै मृगौला फेल भएपछि प्रत्यारोपण अगाडी नियमित आवश्यक पर्ने डायलासिस सेवाको अभावले बागलुङ र पोखरा जानुपर्ने जानुपर्ने बाध्यता अन्त्य भएको छ ।

डाइलासिस सेवाको उद्घाटन गदैं मुख्यमन्त्री गुरूङले अस्पतालमा बिरामीलाई आवश्यक पर्ने औषधी, उपकरण तथा जनशक्तीको अभाव हुन नदिने गरी सरकारले स्वास्थ्य क्षेत्रमा निरन्तर सुधारको प्रयास गरेको बताउनुभयो । ‘बिरामीको आवश्यकता अनुसारको सेवा नहुने अस्पतालको अव काम छैन्,‘समस्या मात्रै देखाएर हुदैन्, समाधानका उपायहरुमा जुट्नुपर्छ’ मुख्यमन्त्री गुरूङले भन्नुभयो । प्रदेश सरकारले स्वास्थ्य सेवालाई आधारभूत तहको जनताको पहुँचमा पु¥याउने गरी काम गरिरहेको बताउँदै स्वास्थ्य विमा, हरेक जिल्लामा मृगौला पीडितको उपचारका लागि डाइलासिस सेवा, आइसियू सेवा लगायत जनशक्ति ब्यबस्थपन र भौतिक पुर्वाधार बिकासका लागि काम गरिरहेको बताउनुभयो।

‘अब औषधि छैन, डाक्टर छैन, उपकरण बिग्रेको छ, भोलि आउनोस् भन्ने अवस्था हुनुहुँदैन,‘संघीय सरकारबाट जिम्मेबारी हस्तान्तरण भएका क्षेत्रमा धेरै काम गरिएको छ, अझै गर्नुपर्ने पनि थु्रपै छन्’ मुख्यमन्त्री गुरूङले भन्नुभयो । उहाँले स्वास्थ्य र शिक्षा क्षेत्रमा प्रयाप्त योजना सहित अगाडी बढेको बताउँदै दक्ष जनशक्ती प्रदेशभित्र नै उत्पादन गरिने बताउनुभयो । सोही अवसरमा सामाजिक विकास मन्त्री नरदेवी पुनले गण्डकी प्रदेशभित्र धेरै मृगौलामा समस्या भएका बिरामी म्याग्दीमा भएकाले प्राथमिकताका आधारमा बेनी अस्पतालमा हेमो डायलासिस सेवाको शुभारम्भ गरिएको बताउनुभयो ।

‘पोखराका अस्पतालमा डायलासिस सेवा लिन जाने म्याग्देलीको अवस्था देखेर निकै चिन्तित थिए,‘यो सेवाले धेरै सहज भएको छ’ मन्त्री पुनले भन्नुभयो । उहाँले अस्पतालको मुख्य भवनलाई समयमै सम्पन्न गरी आवश्यक फर्निचर सहितको पूर्वाधारका लागि समेत बजेट विनियोजन भइसकेको बताउनुभयो । कार्यक्रममा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले अस्पतालमा आवश्यक जनशक्ती सहित नगरपालिकाले दिन सक्ने बजेटमा समेत प्राथमिकता दिइएको बताउनुभयो । उहाँले जिल्लाबासीलाई सकेसम्म थप उपचारका लागि पोखरा, काठमाण्डौ जान नपर्ने गरी आवश्यक उपकरण सहितको थप सेवाहरुमा समेत ध्यान दिन मुख्यमन्त्रीलााई अनुरोध गर्नुभएको थियो । उद्घाटन समारोहमा प्रतिनिधिसभा सदस्य भुपेन्द्र बहादुर थापा, संविधान सभाका सदस्य नवराज शर्मा, रेशमबहादुर बानियाँ, प्रदेश सांसद विनोद केसी लगायत जिल्लाका राजनीतिक दल, सरकारी कार्यालयमा प्रमुख लगायतको उपस्थिति रहेको थियो । सोही अवसरमा डायलासिस सेवा लिइरहेकी रघुगंगा गाउँपालिका–१ बेगखोलाकी पार्वती विक र रघुगंगा–४ का अमृत गर्बुजासँग मुख्यमन्त्री गुरुङ र मन्त्री पुनले भेट्नुभएको थियो ।

हेमो डायलासिस सेवा उद्घाटन कार्यक्रमको अध्यक्षता तथा जानकारी अस्पतालका अध्यक्ष बेलबहादुर कटुवाल, स्वागत डा. सुरेन्द्र आचार्य , कार्यक्रमको सञ्चालन समितिका सदस्य उत्तमकुमार कर्माचार्य र समापन स्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. अमृत अधिकारीले गर्नुभएको थियो ।

डाइलासिस यूनिटमा २ चिकित्सक, ४ जना स्टाफ नर्स कार्यरत छन् । पहिलो चरणमा ३ वटा बेड तयारी अवस्थामा रहेको छ । ६ वटा मेसिनबाट दुई सिफ्ट मात्रै १२ जना बिरामीलाई दैनिक सेवा दिन सकिने भएपनि तत्काल दुईवटा पुरानो मेसिन भएकाले सञ्चालनका लागि केही उपकरणको अभाव रहेकाले ३ वटाबाट सेवा दिइएको छ ।  मृगौला रोगका बिरामीको किड्नी फेल भएपछि डायलासिस सेवा लिन जरुरी छ । मृगौलाका बिरामीले हप्ताको १ देखि जटिलता हेरेर ४ पटकसम्म डायलाइसिस गराउनुपर्ने हुन्छ ।

Leave a Reply