गण्डकी प्रदेशका मुख्य मन्त्री एवम् नेकपा गण्डकी प्रदेश इन्चार्ज पृथ्वी सुव्वा गुरुङले कसैले पनि आफ्नो घरमा परेको परजिवि उपियाँ मार्नका लागि घरमै आगो झोस्न नहुने बताएका छन् ।

म्याग्दीको बेनीमा नेकपाका अगुवा कार्यकर्तालाई निर्देशन दिने क्रममा गुरुङले भने –‘आफू सुत्ने खाटमा उपियाँ परो भनेर घर भित्र खाट राखेर जलाउँदा पुरै घर पनि जल्छ त्यसैले उपियाँ मार्नका लागि खाट जालाउन खोज्दा घरै जल्न सक्छ ।’ उनले भने अहिले केन्द्रमा नेकपाको बिबादले गर्दा उपियाँ मार्न खोज्दा घरै जल्ने खतरा मडारीएकोले त्यस्तो कार्य कसैले गर्न नहुने बताए ।

गुरुङले पार्टी फुट्छ जस्तो बाहिर देखिएको भएपनि पार्टी कुनै पनि हालतमा नफुट्ने बताए । अवसरहरु कहिले काँही आउने र त्यो अवसर अहिले नेकपालाई आएकोले देश र जनताको पक्षमा काम गर्ने एवम् संविधानले दिएको अधिकारहरुलाइ समेत संस्थागत गर्नका लागि पनि पार्टी एक भएर अगाडी बढ्नु पर्ने बताए।

नेकपा एमाले र माओवादी केन्द्र बीच एकता हुँदाको समयमा दुवै पार्टीको महाधिवेशनबाट आएका हुनाले दुई अध्यक्ष राख्ने सहमती भएकोले अहिले आएर राजीनामाको कुरा नआउने उनको तर्क थियो । उनले भने यदि कसैलाई अध्यक्षबाट हटाउने हो भने महादिवेशनमा जान पर्छ ।

जति सक्यो छिटो महाधिवेशन गर्ने र नयाँ प्रकृयामा जानुको बिकल्प नभएका हुनाले पार्टी बाट कसैले कहीबाट राजिनामा भन्दा पनि महादिवेसन कसरी छिटो गर्न सकिन्छ तर्फ सोच्न पर्ने बताए । उनले भने –‘ओली वा प्रचण्ड कसलाई अध्यक्षबाट हटाउने भन्ने निर्णय एकता महाधिवेशनले गर्ने हो कहि कतै गुट र समूहको भेला बैठकले होइन ।’

Leave a Reply