समुदायस्तरमा कोरोना सङ्क्रमणको अवस्था पहिचान गर्न म्याग्दीको सदरमुकाम बेनीमा विभिन्न क्षेत्रको फ्रन्टलाइनमा कार्यरत १ सय ३ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

लकडाउन खुलेसँगै समुदायमा कोरोना फैलिएको आशंकामा सेवाग्राहीको भिडभाड हुने सरकारी कार्यालय, यातायात ब्यवसायी, पत्रकार, नियमित जिल्ला बाहिर जाने ट्याक्सी तथ सवारीसाधनका चालक, होटलमा कार्यरत मजदुरको रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

‘समुदायको अवस्था बुझ्न प्रतिनिधिमूलक रुपमा स्वाब सङ्लन गरेर परीक्षण गरेका थियौं,‘अहिलेसम्म समुदायस्तरमा कोरोनाको जोखिम देखिएको छैन’ लम्सालले भने ।

बढी मानिसको भीडभाड हुने कार्यालय,सवारी चालक, ग्यारेज वर्कसप, बैंक तथा वित्तीय संस्था लगायतमा आवश्यकता अनुसार थप स्बाब लिन सकिने स्वास्थ्य कार्यालयले जनाएको छ । सदरमुकाम बेनी बाहिरबाट आउने धमाधम गाउँमा जाने गरेकाले जोखिमको सम्भावना भएका क्षेत्रमा स्बाब संकलन गर्ने गरी तयारी गरिएको छ । म्याग्दीमा हाल १ जना संक्रमति छन भने ४७ जना उपचारपछि घर फर्किएका छन् ।

Leave a Reply