म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाललाई परोपकारी संस्था ओमकुमारी शान्ति कोषले आइतबार विदाई गरेको छ । सरुवा भई गृह मन्त्रालयमा जान लाग्नु भएको प्रजिअ ढकाललाई कोषको सचिवालयमा आयोजित कार्यक्रममा विदाई गरिएको हो ।

करिब १३ महिनाको बसाईमा जिल्लाबासीले सफल प्रजिअको भूमिकामा देखेको बताउँदै कार्यक्रममा बोल्ने बक्ताले कार्यालयमै केन्द्रित हुने परम्परालाई तोड्नै समुदायमै पुगेर विभिन्न रचनात्मक गतिविधिमा संलग्न भएको भन्दै प्रशंसा गरेका थिए ।

कार्यक्रममा आफना भनाई राख्दै प्रमुख जिल्ला अधिकारी ढकालले जिल्लाको भौगोलिक विकटता विपन्नता, विकास र आर्थिक समृद्धीको सम्भावना बोकेको म्याग्दीबाट धेरै सिकेर जाने अवसर मिलेको बताउनुभयो ।

उहाँले सहकार्य र मानवीय सेवामा जिल्लाबासीको योगदानको सधै सम्झिने बताउँदै सहयोगी मनका धनी म्याग्देलीबाट सिकेको ज्ञानलाई अन्य जिल्लामा समेत पुगेर प्रयोग गर्ने बताउनुभयो ।

सम्मान तथा विदाई कार्यक्रममा कोषका संस्थापक अध्यक्ष चन्द्रकुमार केसीले गाउँ गाउँमा गएर जनताको आवश्यकता अनुसार सेवा दिएको उच्च प्रशंसा गर्दै कुसलता पुर्वक जिम्मेवारी निर्बाह गर्नुभएकोमा बधाई दिनुभएको थियो ।

कोषका अध्यक्ष राजेश शाक्यले कोषका मानवीय तथा प्राकृतिक विपत्तीमा परेकाको उपचार तथा राहत वितरणमा आफ्नो अमुल्य समय दिनुभएकोमा प्रजिअ ढकाललाई धन्यवाद दिदैं आगामी दिनमा समेत निरन्तर सहकार्यको अपेक्षा गरिएको बताउनुभयो । कोषका अध्यक्ष शाक्यको अध्यक्षता द्धितिय उपाध्यक्ष खम थापाको स्वागत र सहसचिव सन्दिप खत्रीको सञ्चालनमा सम्पन्न भएको छ ।

Leave a Reply