म्याग्दीको सदरमुकाम बेनीबजारमा एकाएक छाडा पशुचौपाया हराउन थालेका छन् । एकदशक यता बाक्लै संख्यामा देखिने छाडा पशुचौपाया बजार क्षेत्रबाट विस्तारै हराउन थालेपछि रातको समयमा पशुचौपाय चोरीमा गिरोहनै सक्रिय रहेको अनुमान गरिएको छ ।

कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागि नेपाल सरकारले गरेको लामो लकडाउनको समयमा समेत मुख्य बजार र भित्री गल्लीहरुमा समेत पशुचौपाया खुल्लम खुल्ला देखिने गरेकोमा अहिले निकै कमी आएको बेनीबजारबासीको भनाई छ ।

‘छाडा पुशचौपाया फाटफुट देखिन्छ,पुराना छैनन्,नयाँ देखिन थालेका छन्’ बिरेन्द्रचोक टोल सुधार समितिका अध्यक्ष दलप्रसाद श्रेष्ठले भने । उनले समुहमा हिड्ने पशुचौपाया केहीदिन यता फाटफुट देखिने गरेको बताए। बजारक्षेत्रबाट साना बाच्छाबाच्छी भएका गाई समेत देखिन छोडेको उनको भनाई छ ।

दुध दिने दिनसम्म पाल्ने त्यसपछि ग्रामिण क्षेत्रबाट बजारमा ल्याएर छोड्ने गरिएको पशुचौपाया हराउन थालेपछि गिरोहले मासुको लागि प्रयोग गर्ने गरेको हुनसक्ने भन्दै सम्बन्धित निकायको ध्यानार्कषण गराएका छन् । लकडाउनको अवधिमा बेनीबजारमा देखिएका पशुचौपाया

लकडाउनको अवधिमा रोग र भोकले एउटा गोरु र तीनवटा गाई मेरेका थिए। मुख्यगरी विरेन्द्रचोक, न्यूरोड, संगमचोक, क्याम्पसचोक, कालिपुल लगायत बजार आसपासका क्षेत्रका बजार, सामुदायिक बनमा करिब तीनदर्जनको हाराहारीमा देखिने गाईको संख्या निकै कम देखिएको प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले बताए ।

‘पुराना देखिदैंनन्, नयाँ भेटिएको खवर छ, बजारमा रहेका पशुचौपायाको अवस्था बारेमा बुझ्छौ’ प्रनाउ कुँवरले भने । उनले छाडा पशुचौपाया ब्यवस्थापनमा चुनौती भएपनि बजारक्षेत्रबाट हराउनुलाई गम्भीर विषय भएको बताए ।

बजार आसपासमा पछिल्लो समय पशुचौपाया रोगले मरेका छैनन् । भेटेरिनरी अस्पताल पशुसेवा विज्ञ केन्द्र म्याग्दीका अनुसार बजार क्षेत्रमा रहेका पशुचौपाया केही रोगी अवस्थामा भेटिएपछि लकडाउनकै अवधिमा औषधी उपचार गरिएको जनाएको छ ।

यता बेनी नगरपालिकाले छाडा पशुचौपाया ब्यवस्थापनको योजना बनाइएको भएपनि अहिले कुनैपनि काम नभएको जनाएको छ। लकडाउनको अवधिमा बेनीबजारमा देखिएका पशुचौपाया

पशुचौपायालाई नगरपालिकाले भकिम्लीको स्वर्गाआश्रम, पुलाचौरको जगन्नाथ क्षेत्रमा ब्यवस्थापनको प्रारम्भीक छलफल गरेपछि कार्यान्वयनको प्रक्रिया अगाडी बढेको थिएन् ।

केहीदिन अगाडी प्रहरीले रातको समयमा गाउँमा गाई काटेर सदरमुकाम बेनीको कालिपुलमा ल्याउँदै गरेको सुराकीका आधारमा प्रहरीले बेनी नगरपालिका–६ अर्थुङेका ४८ बर्षिया बिरबहादुर किसान, बेनपा–८ खैरेनीका ६३ बर्षिया चन्द्रे दर्जी, मालिका गाउँपालिका–५ घरभई कालिपुल बस्ने ३५ बर्षिय हिरा रसाईली र बागलुङको बडिगाढ गाउँपालिका–२ का ४२ बर्षिय राजु विकलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका बाहेक पनि गाईगोरु खोजी खोजी काट्ने गिरोह सक्रिय रहेको अनुमान गरिएको छ । पक्राउ गरिएकालाई पशुपंक्षी सम्बन्धी कसूर (गौवध हत्या) मा मुद्धा दर्ता गरिएको छ । म्याग्दीमा पछिल्लो समय गौबध हत्यामा संलग्नको संख्या बढ्दै जान थालेको अवस्थामा पशुचौपाया पाल्न नसक्नेले दुईतिन सय रुपैयाँमै विक्री गर्ने गरेका छन् ।

Leave a Reply