सरकारले कोरोना भाइरसको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालयबाट जारी गरिने सवारी पास वितरणमा रोक लगाएको छ । गृह मन्त्रालयले निर्देशन जारी गदैं बिहिबारदेखि जिल्ला प्रशासन कार्यालयबाट विगतमा दिइएको सबै गाडीको पास रद्द गरी अर्को सूचना जारी नहुदाँसम्म सवारी पास वितरण नगर्न समेत निर्देशन दिएको छ ।

यो निर्देशन सँगै जिल्ला प्रशासन कार्यालय म्याग्दीबाट जिल्ला बाहिर जाने पास वितरण समेत प्रभावित हुने भएको छ भने विरामीको हकमा अनुमति लिएर मात्रै जान पाइने जनाइएको छ । सरकारले दोस्रो चरणको लकडाउनको विकल्पमा भिडभाड रोक्ने, संक्रमण फैलिएको क्षेत्रमा लकडाउन र अन्य जिल्लामा आफूखुसी ओहोरदोहोर गर्नेलाई रोक्न निर्देशन दिने गरेको छ।

Leave a Reply