नेपाल युवा परिषद् म्याग्दी देशभरका शाखामध्ये सर्वोत्कृष्ट शाखा घोषित भएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बुधबार भर्चुअल माध्यमबाट आयोजना गरिएको राष्ट्रिय युवा सम्मेलनको अवसरमा देशभर विस्तार भएका जिल्ला शाखामध्ये म्याग्दी सम्मानित भएको हो ।

यूवाहरूको सक्रियतामा समुदायमा विभिन्न रचनात्मक कार्य गदैं आइरहेको परिषद्ले देशभरमै उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै परिषद्का संस्थापक अध्यक्ष सरोज बानियाँले उत्कृष्ट शाखा घोषणा गरेका छन् ।

कोभिड-१९ को महामारीलाई मध्यनजर गर्दै यस बर्ष आयोजित भर्जुअल सम्मेलनमा म्याग्दीका यूवाहरूमार्फत कोभिडको संक्रमणबाट समुदायलाई जोगाउन, बालविवाह, सन्देशमुलक विभिन्न कार्यक्रमका साथै सरकारी निकायसँग समन्वय गरी गरिएका गतिविधिले यूवा परिषद्को शीर उच्च बनाएको संस्थापक अध्यक्ष बानियाँले बताए ।

‘म्याग्दीका यूवाहरुको कामको सबैले सिको गर्नुपर्छ,‘यो बर्ष म्याग्दीमा धेरै लोकप्रिय र नमुना अभ्यास भएका छन्’ बानियाँले भने । यता उत्कृष्ट शाखा घोषणाले थप जिम्मेबारी थपिएको म्याग्दी शाखाका अध्यक्ष छवी आचार्यले बताए ।

उनले नेपाल युवा परिषद र म्याग्दी शाखाका कार्यसमिति सदस्य, स्वयमसेवक लगायत प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिए ।

‘एक्लो प्रयासले सम्भव थिएन, हरेक समय समाजमा खटिने युवा साथीहरुमा यो सम्मान सर्मपित गर्छु’ उनले भने । म्याग्दी जिल्लामा यूवा परिषद्ले जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय, गैरसरकारी संस्था तथा स्थानीय तहसँग समन्वय गरी नाटक, सरसफाई, स्वास्थ्य, शिक्षा लगायत जनचेतनामुलक कार्यक्रम गदैं आइरहेको छ ।

Leave a Reply