अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर विस्थापित भएकालाई भेट्न सांसद एवम् पूर्व महिला, बालबालिका तथा जेष्ठ मन्त्री थममायाँ थापा, सांसद भुपेन्द्रबहादुर थापा सहितको टोलीले पहिरोस्थलको स्थलगत निरीक्षण गरेको छ ।पश्चिम म्याग्दीका धवलागिरी गाउँपालिका–६, मराङ र मालिका–५ देविस्थान, वडा नं ७ विम र मंगला–५ अर्मन लगायतका क्षेत्रमा बाढीपहिरोबाट विस्थापितलाई राहत तथा पुर्नवास सहितको अभियानका बारेमा बुझ्दै आफ्नो तर्फबाट सहयोगको प्रतिबद्धता समेत जनाएर टोली फर्किएको मालिका गाउँपालिकाकी उपाध्यक्ष खरमायाँ विटालुले बताउनुभयो । ‘सांसदको टोली पुग्दा पीडितमा राहतको महसुस भएको छ,‘स्थानीय तहसँगै समन्वय गरी थप योजनाहरुमा काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ’ विटालुले भन्नुभयो ।घटनास्थलको अवलोकन सहित तत्कालको आवश्यकता, थप योजना सहित सुरक्षित स्थानमा पुर्नवासको कामलाई समेत प्राथिमकता दिएर अगाडी बढ्ने टोलीले जनाएको छ । पहिरोस्थलमा यसअगाडी सांसद थापा हेलिकप्टरबाट समेत पुग्नुभएको थियो । स्थानीयसँगै प्रदेश र संघीय सरकारबाट बाढीपहिरोबाट विस्थापित भएकालाई केही महिनाभित्रै पुर्नवास सहितको काम अगाडी बढ्ने टोलीको भनाई थियो ।

टोलीमा संबिधानसभा सदस्य नवराज शर्मा, जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, नेकपा म्याग्दीका सचिव हरिकृष्ण श्रेष्ठ, प्रदेश कमिटि सदस्य टेकबहादुर विश्वकर्मा, मालिका गापा उपाध्यक्ष विटालु,नेकपा धवलागिरी गाउँपालिका अध्यक्ष खुमनाथ सुबेदी, धवलागिरी गापा अध्यक्ष थमसरा पुन लगायतको उपस्थिती रहेको थियो । टोलीले प्रभावितलाई राहत समेत वितरण गरेको थियो ।

करिव ३ दिनको पैदलयात्राबाट टोलीले पहिरोबाट मुख्य प्रभावित मराङ, बिम तथा विस्थापित भएको ताकम धारापानी, देविस्थान र अर्मनमा पुगेर जोखिमको अवस्थाका बारेमा बुझेर फर्किएको थियो ।

टोलीले स्थानीय जनप्रतिनिधि, पीडित र समुदायसँग समेत छलफल गरेको जनाइएको छ । गएको असार महिनाको २५ र २६ गतेको पहिरोमा परेर मराङमा २१ जनाको मृत्यु, ३ बेपत्ता, बिममा ८ जनाको मृत्यु १ जना बेपत्ता छन् भने जिल्लाका अन्य क्षेत्रमा समेत मानवीय र भौतिक क्षती भएको छ ।

Leave a Reply