नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले धमाधम गठन गरेका विभागमा नेपाली कांग्रेस म्याग्दीबाट सातजना मनोनित भएका छन् । चार वर्षे कार्यकाल सकिन लाग्दा देउवाले हालसम्म नियुक्ति गरिरहेका विभागमध्ये म्याग्दीबाट विभिन्न पाँचवटा विभागको सदस्यमा नियुक्ती भएका छन् ।

म्याग्दीबाट जेष्ठ राजनीतिज्ञ सभामा पूर्व सभापति डा. भूपेन्द्र बहादुर खड्का, जेष्ठ नागरिक अबिरकुमार श्रेष्ठ, पदमबहादुर खत्री, वित्तीय तथा सहरकारी संस्था समन्वय विभाग सदस्यमा दिपबहादुर छन्त्याल,यातायात व्यवशायी समन्वय विभाग सदस्यमा राजेन्द्रकुमार श्रेष्ठ रहेको कांग्रेस म्याग्दीका प्रबक्ता अजयमिलन श्रेष्ठले बताए ।

उनका अनुसार वन, वातावरण तथा विपद् व्यवस्थापन विभाग सदस्यमा विनाकुमारी खड्का र आदिवासी जनजाति विभाग सदस्यमा क्या.अमलाल फगामी चयन भएका छन्।

यातायात विभागको सदस्यमा मनोनित श्रेष्ठ केहीदिन अगाडी पार्टीमा प्रवेश गरेका थिए भने आदीवासी जनजातिमा चयन भएका फगामी गएको प्रदेश सभा निर्वाचनमा प्रदेश ख बाट प्रत्यक्षतर्फ पराजित भएका थिए। विभागमा दिइएको जिम्मेबारी अनुसार काम गर्ने सहकारी विभागका सदस्य छन्त्यालले बताए ।

उनले विभागमा काम गर्न सजिलो र आफ्नो अनुभवहरुलाई समेत प्रयोग गर्न सकिने बताए । उनले यसअगाडी समेत विभागमा बसेर काम गरेका थिए । म्याग्दीबाट विभागमा मनोनित भएका सबै सर्वसम्मतिले सिफारिस गरिएको थियो । पार्टीका योगदान तथा अनुभव भएका विभागमा थप मनोनित हुने पार्टी सभापति खम्बीर गर्बुजाले बताए ।

उनले जिल्लाबाट प्रदेश र केन्द्रिय कार्यसमितिमा समेत पहुँच पुगेको बताउँदै जिल्लाको आवश्यकता र समस्यालाई समेत मध्यनजर गरी पार्टीको केन्द्रिय नेतृत्वसँग छलफल गरिएको बताए । सभापति देउवाले ४७ मध्ये ३० बढी विभाग गठन गरेकोमा वरिष्ठ नेता रामचन्द्र पौडेलले विरोध गर्दै आएका छन् । गठन गर्न बाँकी रहेका थप विभागहरुमा समेत जिल्लाबाट मनोनयनका लागि सिफारिस गरिएको जनाइएको छ । अर्को वर्ष फागुन ७ देखि १० गतेसम्म पार्टीको १४ औं महाधिवेशन तय गरिएको छ ।

Leave a Reply