दैनिकजसो देशभर कोरोना संक्रमणको सन्त्रास फैलिइरहेका वेला म्याग्दी जिल्लामा भने कोरोनाको त्रास क्रमश कम हुदै गएको छ ।

बैदेशिक रोजगारको सिलसिलामा विदेशबाट आएर क्वारेन्टाइनमा बसेका बाहेक समुदायस्तरमा कोरोना सङ्क्रमणको अवस्था पहिचान गर्न विभिन्न समयमा विभिन्न क्षेत्रको फ्रन्टलाइनमा कार्यरत करिब १ सय २० जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएसँगै बिहिबार आइसोलेनमा रहेका एकजना संक्रमतिको दोस्रो स्बाब समेत नेगेटिभ आएको कोभिड–१९ कमाण्ड पोष्टका सदस्य सुरत केसीले बताए ।

‘कम्तिमा एकहप्ता म्याग्दीको आइसोलेसन कक्ष खाली हुन्छ,‘परीक्षणका लागि पोखरा पठाइएको संक्रमति सहितको स्बाब रिर्पोट नेगेटिभ आएको छ’ केसीले भने । उनका अनुसार खुल्लामञ्चको आइसोलेसन कक्षमा रहेका बेनपा–४ का यूवालाई शुक्रबार विहान विदाई गरिने छ ।

स्रोतका अनुसार एक संक्रमति सहित विभिन्न देशबाट फर्किएर बेनीको क्वारेन्टाइनमा रहेका ३४ जनाको स्बाब रिर्पोट नेगेटिभ आएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालका अनुसार हालसम्म ४७ जना संक्रमति निको भएर फर्किएका छन भने एकजना शुक्रबार घर जाँदै छन् ।

गत हप्ताको एकैपटक ६ जना संक्रमति निको भएर घर फर्किएको एकघण्टा नवित्दै एकजनामा कोरोना पोजेटिभ आएको थियो । जिल्ला बाहिरबाट प्रवेशमा कडाई गरिएकाले काठमाण्डौ लगायत संक्रमण फैलिएको जिल्लाबाट आएकालाई अनिवार्य होम क्वारेन्टाइनमा बसेर कोरोनाको लक्षण देखिएमा सम्पर्क गर्न समेत स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।

समुदायको अवस्था बुझ्न प्रतिनिधिमूलक रुपमा स्वाब सङ्लनलाई आवश्यकता अनुसार निरन्तरता दिइने छ । बढी मानिसको भीडभाड हुने कार्यालय,सवारी चालक, ग्यारेज वर्कसप, बैंक तथा वित्तीय संस्था लगायतमा आवश्यकता अनुसार थप स्बाब लिन सकिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

Leave a Reply