नेपाली टेलिभिजन इतिहासमा सर्वाधिक लोकप्रिय र सफल इन्टरनेशनल फ्रान्चाइज सिङ्गिङ रियालिटी शो नेपाल आइडलबाट म्याग्दीका नेशन पुनमगर बाहिरिएका छन् ।

उत्कृष्ट प्रस्तुती र सर्वाधिक भोटसँगै हरेक प्रस्तुतमा अगाडी रहेका उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, चित्रेका नेशन बिहिबार भोटमा सबैभन्दा अगाडी भएपनि जजहरू न्ह्यू वज्राचार्य, इन्द्रिरा जोशी र कालिप्रसाद बास्कोटाको छनौटमा परेनन् । पोखराको चर्चित लेकाली ब्याण्डको यो मुटुमा..गीतमा दमदार प्रस्तुती देखाएका नेशनको नेपाल आइडलको विजेता बन्ने सपना जर्जको असहयोगका कारण सफल भएन् । ५०

प्रतिशत भोट र ५० प्रतिशत जर्जको मुल्याङ्कनको आधारमा छनौट हुन्छन् । लामो समयसम्म चर्चामा शिखरमा रहेका पोखरा आसपासका गीतसँगै म्याग्दीको मौलिक सालैजो भाकाबाट दर्शकको मन जित्न सफल भएका नेशनले आफ्नै क्षेत्रमा पुराना गितहरूलाई नेपाल आइडलबाट पुनः दर्शकमाझ पस्किने प्रयास गरे ।

अग्रस गायकको गीतबाट नेपाल आइडलको यात्रामा प्रवेश गरेका नेशनको समर्थकले विजेता बनाउन भोटिङ अभियान सहित स्वदेश तथा विदेशमा ब्यापक प्रचारप्रसार समेत गरे । नेशनको प्रस्तुतीले सर्मथकको संख्या बाख्लिदै गएको थियो ।

आइडल बन्ने यात्रामा रहेका अन्य प्रतिस्पर्धीलाई नेशन चुनौती बनेका थिए । भोटिङ चरणमा प्रवेश गरेपछि उनले अन्य प्रस्तिपर्धीको तुलनामा दोब्बरभन्दा बढी भोट प्राप्त गरेका थिए भने सांगीतिक प्रस्तुती साना बालबालिकादेखि बृद्धबृद्धाले रुचाउने गीतलाई स्थान दिएका थिए ।

सोलो पप गायक धमेन्द्र सेवाङसँग ‘हेर्दा राम्रो माछापुच्छ्रे, मारी राम्रो माछा’, प्रजापति पराजुली, चर्चिच ब्याण्ड नेपथ्य का साथै हिमाल,पहाड र तराईलाई जोड्ने कला र संस्कृति जोडेर गीतलाई स्थान दिएका नेशनको नेपाल आइडलको यात्रा टुंगिएपनि सांगितिक यात्राले थप उचाई लिने नेसन जिताउ अभियानका सदस्य एवम् मोना नेदरल्याण्डका अध्यक्ष जंगबहादुर पुनले बताए ।

प्रस्तोताले नेपाल आइडलबाट नेशन आउट भएको उद्घोष गरेलगत्तै अमित आँसु झारेका थिए । प्रस्तोता अमितले नेपाल आइडलको अडिसनदेखि हालसम्म दिएका प्रस्तुतीको झलक देखाउदा उनको आँखामा आँसु छचल्किरहेको थियो ।

आँशु पुछ्दै आफूलाई सम्हालेर बोलेका नेशनले आफ्नो यात्रामा परिवारका सदस्य, अभियानमा साथ दिने सबैलाई धन्यवाद समेत दिएका थिए । बोल्दै गर्दा आँशु पुछेका नेशनले आफ्नो सांगीतिक जीवनलाई अझै माथि पुगाउन निरन्तर प्रयास गर्ने बताए । यता नेशन जिताउ अभियानमा सक्रिय रहेकाले आर्थिक भौतिक र नैतिक सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ ।

Leave a Reply