गएराती परेको वर्षाका कारण सडकभन्दा माथिबाट खसेको पहिरोका कारणले गर्दा ८ वटा घर जोखिममा परेका छन् । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको नयाँगाउँस्थित कुवापानीमा वर्षाको कारण पहिरो खस्दा त्यहाँका ८ घर जोखिममा परेका हुन् ।

पहिरोले प्रसिद्ध धार्मिकस्थल जगन्नाथ मन्दिर र गाजने गाउँ जाने नयाँगाउँ–गाजने र ढोल्ठान जोड्ने सडक समेत अवरुद्ध बनाएको छ । बुधबार राती परेको वर्षात्ले नयाँगाउँको कुवापानीका ८ घर जोखिममा परेको बेनपा–५, पुलाचौरका वडा समस्य समेत रहेकी स्थानीय यामकुमारी पाईजाले बताइन् ।

उनका अनुसार पहिरो खसेर गाजने र ढोल्ठान जाने सडक समेत पूर्ण रुपमा अवरुद्ध बनेको छ । अब पनि निरन्तर वर्षा परेको खण्डमा पहिरोले थप भौतिक क्षति पु¥याउन सक्ने अवस्था रहेको गाजनेका यामबहादुर बानियाँले जानकारी दिए । कुवापानीमा स्थानीयले जथाभावी रुपमा ढुङ्गा फुटाउनाले पहिरो खसेको अनुमान गरिएको छ ।

Leave a Reply