आइसोलेसनमा रहेका १ संक्रमितको पिसिआर रिपोर्ट नेगेटिभ आएसँगै हाललाई सक्रिय कोरोना संक्रमितमुक्त बनेको छ । कोरोना भाइरस (कोभिड–१९ को जोखिम बढेसँगै भारतको हरिद्धारबाट फर्किएका बेनी नगरपालिका–४ स्वातका २१ बर्षिय यूवाको दोस्रो पिसिआर रिर्पोट नेगेटिभ आएपछि शुक्रबार आइसोलेसनबाट विदाई गरेसँगै संक्रिय कोरोनामुक्त जिल्ला बनेको हो ।

गएको शनिबार कोरोना पोजेटिभ आएसपछि आइसोलेनमा एक्लै बसेका यूवालाई गण्डकी प्रदेश सांसद विनोद केसी, सहायक प्रमुख जिल्ला अधिकारी महेश सुबेदी, बेनी अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवाल, डा. मनोज घिमिरेले विदाई गर्नुभएको छ ।

बेनीको खुल्लामञ्चमा रहेको शैक्षिक तालिमकेन्द्रको विस्तारित शाखामा रहेको आइसोलेसन कक्षबाट विदाई गरिएका यूवाले आइसोलेसनको बसाई अवधिमा एक्लो भएपनि निकै सहज भएको संक्रमति मुक्त यूवाले बताएका छन् ।

म्याग्दीमा हालसम्म ४८ जना संक्रमित निको भएर घर फर्किएका छन् । संक्रमित सबै छिमेकी राष्ट्र भारत र तेस्रो मुलुकबाट आएका हुन् । म्याग्दीमा पहिलो कोराना संक्रमित भारतबाट आएका मालिका गाउँपालिका–४ महभीरका ३० बर्षिय यूवा हुन् । यता बैदेशिक रोजगारको सिलसिलामा विदेशबाट आएर क्वारेन्टाइनमा बसेका बाहेक समुदायस्तरमा कोरोना सङ्क्रमणको अवस्था पहिचान गर्न विभिन्न समयमा विभिन्न क्षेत्रको फ्रन्टलाइनमा कार्यरत करिब १ सय ४५ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएसँगै समुदायमा समेत हालसम्म कोरोनाको जोखिम कम देखिएको कोभिड १९ कमाण्ड पोष्टका सदस्य सुरत केसीले बताए ।

Leave a Reply