बेनी-अर्थुङ्गे सडकखण्ड अन्तरगत आपारुख घुम्तीमापहिरो खसेर सडक अवरुद्ध भएको छ। सदरमुकाम बेनीबाट अर्थुङ्गे हुदै पाखापानीसम्म जोड्ने सडकखण्डमा एक्कासी पहिरो खसेर अवरुद्ध भएको अर्थुङे सामुदायिक यूवा क्लवका अध्यक्ष नारायण पौडेलले बताए ।

सडकखण्डमा ढिस्को खसेर अवरुद्ध भएपछि घतान, तोरीपानी हुदै झिँ, पाखापानी जाने सवारीसाधनलाई गलेश्वर हुदै काउलेगौडाबाट आवतजावत गर्न समेत अनुरोध गरिएको छ । यसबीच सोही सडकखण्ड अन्तरगत कुरिलाखर्कको भने खोल्सामा जमिन भासिएपछि पहिरोको जोखिम बढेको स्थानीय सुरेश ढुंगानाले बेनीअनलाइनलाई बताए । उनका अनुसार सडकबाट खसेको पहिरोले तल्लो क्षेत्रमा रहेको बस्तीका साथै सडक समेत जोखिममा रहेको बताए । सडकखण्डमा पहिरोले अवरुद्ध भएको सडक पन्छाउने क्रममा जथाभावी माटो फाल्दा पहिरोको जोखिम बढेको छ । सडकखण्डमा नालीको ब्यवस्थापन नहुदाँ बाढीपहिरोले महारानी तथा मंगलाघाट आसपासका क्षेत्र जोखिममा पर्ने गरेको छ ।

Leave a Reply