अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

मराङका पहिरो पीडितलाई कतारमा झन्डै ६ लाख सहयोग जुट्यो (विवरण सहित)

On: August 15, 2020 10:08 AM
Follow Us:
---Advertisement---

म्याग्दीको धवलागिरी गाउँपालिका–६, मराङका पहिरो पीडितलाई कतारमा रहेका मराङबासीले करिब ६ लाख आर्थिक सहयोग गरेका छन् । गएको असार महिनाको २५ गते रातीको भिषण बर्षासँगै आएको पहिरोबाट विस्थापित भएकाको पुर्नवास तथा राहतका लागि कतारमा रहेका मराङबासीले ५ लाख ९३ हजार ५ सय जुटाएर गाउँपालिकाको कोषमा जम्मा गरेका छन् । [pdf-embedder url=”https://myagdikali.com/wp-content/uploads/2020/08/myagdi-1.pdf” title=”myagdi”]

पहिरोले सिंगो वडा अस्तब्यस्त भएपछि मराङबासीको पहलमा संकलन भएको आर्थिक वडा अध्यक्ष राजाराम सुबेदीमार्फत मराङ राहत कोषमा जम्मा गरिएको दरसिंङ गर्बुजाले बताए ।पहिरोबाट विस्थापितलाई मराङ बाहेक म्याग्दीका साथै कतारमा रहेका विभिन्न जिल्लाबासीले समेत सहयोग गरेका थिए ।

अभियानमा पुर्ण गर्बूजा, दलसिंह गर्बुजा, डम्बर केसी, राजु शेरपुञ्जा रायखोर म्याग्दी दानाबासी संघ कतार लगायतले अभियानमा सहयोग जुटाएका थिए । मराङका १९ जनाले पहिरोमा ज्यान गुमाएकोमा छन् । १२ जना घाईते र दुई जना अझै वेपत्ता छन् । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कमा मराङमा पहिरोले ७२ घरमा पूर्ण क्षति भएको छ भने गाउँमा बस्ने अवस्था छैन् । विस्थापितले सुरक्षित स्थानमा पुनर्वासको व्यवस्था हुनेमा ढुक्क छन् ।