कोरोना भाइरस संक्रमण फैलिएका जिल्लाहरुबाट म्याग्दीमा आउनेलाई अव क्वारेन्टाइनमा राख्न आवश्यक तयारी सुरू गरिएको छ । कोरोना संक्रमण फैलिएका जिल्लाहरुबाट समेत धमाधम भित्रिने क्रम बढेपछि कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरी थप क्वारेन्टाइनका खोजी भइरहेको कोभिड–१९ कमाण्ड पोष्टले जनाएको छ ।

नवआगन्तुक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको अध्यक्षतमा बसेको बैठकले सक्रिय कोरोना संक्रमित रहेको जिल्लाबाट आउने कर्मचारी, शिक्षक लगायत सर्वसाधारणलाई क्वारेन्टाइनमा राखेर पिसिआर परीक्षण समेत गरिने विषयमा छलफल भएको कोभिड–१९ कमाण्ड पोष्टका सदस्य सुरत केसीले बताए ।

‘समुदायमै कोरोना फैलिएका क्षेत्रबाट आवतजावतलाई कडाई गरिन्छ,‘बजारभित्र र स्थानीय तहका क्वारेन्टाइन पुनः सञ्चालन गर्ने तर्फ छलफल अगाडी बढेको छ’ केसीले भने । बेनीमा रहेको न्यू वेष्ट प्वाइन्ट आवासीय मावि, बेनी सामुदायिक मावि वा अन्य विद्यालयको संरचनालाई समेत प्रयोग गर्ने गरी औपचारिक छलफल भएको छ ।

निजी तथा सामुदायिक विद्यालयमा नियमित पठनपाठन तत्काल सञ्चालन नहुने अवस्थामा १ सयभन्दा धेरै कोरोना संक्रमति रहेको जिल्लाबाट आउनेलाई क्वारेन्टाइनमा राखेर निगरानी गर्ने विषयमा प्रजिअ अधिकारीको चासो रहेकाको स्रोतले जनाएको छ ।

‘विदेशबाट मात्रै आएकालाई क्वारेन्टाइनमा राखेर जोखिम टदैंन्,‘अब नाकामा कडाई गर्नुपर्छ’ प्रजिअ अधिकारीको भनाई उद्धित गदैं स्रोतले भन्यो । लकडाउनको अवधिमा जस्तै जिल्लाभित्र प्रवेश गर्ने सबै नाकामा कडाईको संकेतसँगै जनशक्ती परिचालन समेत गरिने छ । समुदायमै कोरोना फैलिएका जिल्लाबाट केही समयलाई जिल्लामा प्रवेशमै रोक लगाउने विषयमा समेत छलफल भएको छ ।

म्याग्दीमा प्रदेश २ बाट शिक्षक र कर्मचारीको आवतजावत हुन्छ भने काठमाण्डौ लगायत समुदायमा कोरोना देखिएका जिल्लाबाट समेत निर्वाध आवतजावत हुने गरेकाले जोखिम अझै टरेको छैन् । हालसम्म म्याग्दीमा ४८ जना संक्रमितमा सबै निको भएर घर फर्किएका छन् भने माउण्ट एभरेष्ट र म्याग्दी बहुमुखी क्याम्पसमा विदेशबाट आएका बसेका छन् ।

Leave a Reply