बेनी नगरपालीका-२,ज्यामरुककोटको अर्जुन माध्यामिक विद्यालयको भवन निर्माणका लागि भन्दै सुटुक्क बैंकबाट निकालिएको आर्थिक दवावपछि फिर्ता भएको छ।

पटक–पटक आर्थिक अनियमितताको विवादमा मुछिदैं आएको विद्यालयमा बेनी नगरपालिका प्राबिधिक तथा आर्थिक सहयोमा टस्ट भवन निर्माणका लागि बिनियोजन भएको बजेटले अपुग भएको भन्दै विना निर्णय बैंकबाट पैसा निकालिएको जानकारीपछि दवाव दिएर चारमहिना पछि फिर्ता गरिएको हो ।

नगरपालिकाको १६ लाख बजेट र करिव २ लाख ८२ हजार स्थानीय जनश्रमदान गर्नुपर्ने योजनामा प्राविधिक मुल्याङकन गर्दा १२ लाख ७६ हजार निस्किएपछि घाटा लागेको भन्दै विब्यसबाट निर्णय नगरी  बैकबाट निकालिएको जानकारीपछि समितिका अन्य सदस्यको दवावमा शुक्रबार बैंक खातामै फिर्ता गरिएको समितिका सदस्य भिमबहादुर पौडेलले बताए।

वडा अध्यक्ष समेत रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिरा वहादुर थापाले र विद्यालयका प्रअ शिव कुमार खत्रीले विद्यालयको भवन निर्माणमा बजेट अपुग भएपछि पछि निर्णय गर्ने गरी गरिमा बिकाश बैंक बेनी शाखामा रहेको खाताबाट ३ लाख निकालेका थिए ।

विद्यालय ब्यवस्थापन समितिमा ९ सदस्यीय ब्यवस्थापन समितिमा अध्यक्ष र प्रअको मात्रै एकलौटी निर्णयको अभिभावकले समेत विरोध गरेका छन् ।

‘भवन निर्माण प्रक्रियामा आवश्यक निर्णय समेत गर्न सक्नुभएन्,‘हामीले जानकारी पाएका थिएनौ,‘समुदायमा हल्ला चलेपछि मात्रै खोजी गरेका हौ’ पौडेलले भने । टस्ट भवन निर्माण गर्दा समेत मनोमानी भएको ब्यवस्थापन समितिका अन्य सदस्यले बताएका छन् ।

प्राबिधिक ईस्टमिटका आधारमा काम गर्दा र सोही बमोजिम पैसा निकास हुदा उल्टो करिब ४ लाख भन्दा बढी घाटा परेको भनेर प्रतिवेदन बनाउन खोजेपछि ब्यवस्थापन समितिका सदस्यले असहमति जनाएका थिए।

यता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडा अध्यक्ष थापाले विद्यालयकै काम भएकोले निर्माण समितिलाई सापटी स्वरुप रकम दिएको वताए ।

‘आर्थिक अनियमितता हल्ला मात्रै हो,‘भवन निर्माणमा आवश्यकता अनुसार प्रयोग गरिएको छ,‘खर्चको हिसाव समितिले अस्वीकार गरेको मात्रै हो’ थापाले  भने ।

कोरोनाको संकटको वेला भएकोले विद्यालयको खातामा रहेको रकम दिएको अध्यक्ष थापाको भनाई छ । उनले विगतमा समेत आफुँलाई बदनाम गर्न पार्टीभित्रबाटै एउटा टोली सक्रिय रहेको बताउँदै आएका थिए ।

विद्यालयको आर्थिक पाटोमा आफ्नो कुनै संलग्नता नभएको अध्यक्ष थापाको भनाई छ । टष्ट भवनमा प्राविधिकको लागत अनुमानभन्दा बढी खर्चको विषय सहित सम्रग आर्थिक बर्ष ०७५÷०७६ सालको आर्थिक विवरणको खर्च विवरण तयार पार्न वडा अध्यक्ष समेत रहेका विब्यस अध्यक्ष थापा र सदस्य भिमबहादुर पौडेल रहेको दुई सदस्यीय समिति समेत गठन भएको छ ।

यता अनियमितताको आरोप लागेका प्रअ खत्रीले पदबाट राजिनामा दिएपछि गणेश पौडेललाई प्रअ र तिलबहादुर घिमिरेलाई सहायक प्रअ चयन गरिएको छ । यसअगाडी विद्यालयमा प्रअ र शिक्षक विच कुटाकुट र विद्यार्थी कुटपिटका घटना घटेपनि गुपचुप राखिएको थियो ।

Leave a Reply