बाग्लुङको निसीखोलामा पहिरोमा परी ३ जनाको ज्यान गएको छ। गएरातिदेखि परेको अविरल वर्षाका कारण निसीखोला गाउँपालिका ५ टारीगाउँका हिरा विकको घर पहिरोमा परी उनका १४ वर्षीय छोरा वीरेन्द्र विक र ६ वर्षीय छोरा टेकमान विकको ज्यान गएको हो।

पहिरोमा परेर हिराका ५३ वर्षीय श्रीमती दिलसरा विक घाइते भएको प्रहरीले जनाएको छ। ढुंगा माटोले बनेको दुई तले कच्ची घर शनिबार दिउँसो पहिरोले भत्किएको थियो।यस्तै, शनिबार दिउँसो आएको पहिरोले निसीखोला ३ धारखर्कमा घर भत्किँदा ६० वर्षीय बली विकको मृत्यु भएको छ।

दिउँसो घरमै बसिरहेको अवस्थामा अचानक पहिरोले घर भत्किएर उनीहरूको ज्यान गएको प्रदेश प्रहरी कार्यालय पोखराका प्रवक्ता राजेन्द्रबाबु रेग्मीले बताए। घटनास्थलमा प्रहरी पुगिसकेको उनले जानकारी दिए ।

Leave a Reply