कोरोना भाइरस संक्रमण फैलिएका देशभरका जिल्लाबाट म्याग्दीमा आउनेलाई राख्न बेनीमा ‘होल्डिङ सेन्टर’ तयार गरिने भएको छ ।

कोरोना संक्रमण फैलिएका जिल्लाहरुबाट समेत धमाधम भित्रिने क्रम बढेपछि कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरी सम्बन्धित स्थानीय तहको क्वारेन्टाइन वा होम क्वारेन्टाइनमा नजाँदासम्म बस्ने स्थान ९होल्डिङ सेन्टर) का लागि प्रारम्भीक स्थानको अवलोकन गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले विदेशबाट आएकालाई मात्रै निगरानी गरेर कोरोनाबाट जोगिन सक्ने अवस्था नभएकाले सातैवटा प्रदेशबाट आवत–जावत गर्नेकोअभिलेख राख्नेदेखि स्वास्थ्य जाँच गर्ने, विश्राम गर्ने स्थानको समेत आवश्यक व्यवस्थापन गरिने प्रमुख जिल्ला अधिकारी उमाकान्ता अधिकारीले बताउनुभयो।

‘छिमेकी जिल्लाबाटै आउनेलाई कडाई गरिन्छ,‘ होल्डिङ सेन्टरको आवश्यकता बारेमा सर्वपक्षीय बैठकबाटै टुंगो लगाउँछु’ प्रजिअ अधिकारीले भन्नुभयो ।

जिल्ला प्रवेशमा कडाई गर्न प्रजिअ अधिकारीले बागलुङ, पर्वत र कास्कीका प्रजिअसँग समेत छलफल गर्नुभएको छ । पास सहित अनुमति लिएर आउनु अगाडी प्रशासनलाई सम्बन्धिन ब्यक्तिको जानकारी लिएर स्थानीय तहसँग समन्वय समेत गर्ने प्रजिअ अधिकारीले बताउनुभयो।

समग्र होल्डिङ सेन्टरको व्यवस्थापनमा सुरक्षाकर्मी सहितको जनशक्ती सहितको ब्यवस्थापन गरिने कोभिड १९ कमाण्ड पोष्टका सदस्य सुरत केसीले जानकारी दिनुभयो । प्रजिअ अधिकारी सहितको टोलीले होल्डिङ सेन्टरका लागि कालिपुलको कवर्ड हल उपयुक्त स्थानको रुपमा हेरिएको छ ।

भौतिक दुरी कायम गर्न सकिने, सबै स्थानीय तहबाट सवारीसाधनमा लैजान सकिने भएकाले कवर्ड हलमा केही समय होल्ड गर्न सकिने गरी सर्वपक्षीय छलफलमा प्रस्ताव गरिने बताइएको छ ।

होल्डिङ सेन्टरमा देशभित्रबाट आएकालाई मात्रै करिब २ घण्टासम्म राखेर प्रारम्भीक विवरण लिई सम्बन्धित स्थानीय तहलाई जिम्मा लगाइने छ । छिमेकी जिल्ला बागलुङ र पर्वतमा समेत समुदायमा कोरोना देखिएपछि अवका दिनमा कोरोना संक्रमणबाट जोगिन लकडाउन अवधिकै मोडेलमा कडाई गरिने प्रशासनको तयारी छ।

Leave a Reply