अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

पहिरोमा परी एक महिला घाईते

On: August 16, 2020 6:28 PM
Follow Us:

मुस्ताङबाट म्याग्दी तर्फ आउँदै गरेकी एक महिला माथिबाट खसेको पहिरोमा परी एक महिला घाईते भएकी छन् ।  मुस्ताङबाट फर्किने क्रममा म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ दाना र मुस्ताङको थासाङ गाउँपालिका-४ को सिमानामा म्याग्दीतर्फ आउने क्रममा एक्कासी माथीबाट पहिरो खसेर रघुगंगा-१ बेगखोलाकी ३५ बर्षिया मायाँ गर्बुजा घाईते भएको स्थानीय पर्यटन ब्यवसायी इन्द्रसिंह शेरचनले बेनीअनलाइनलाई जानकारी दिनुभयो ।

पहिरोग्रस्त क्षेत्रबाट आवतजावत गर्ने क्रममा सोही स्थानमा थप दुई जना समान्य घाईते भएका थिए । समान्य चोट लागेका दुई जना गन्तब्यतर्फ लागेपनि घाईते अवस्थामा उद्धार गरिएकी गर्बुजालाई थप उपचारका लागि बेनी अस्पतालतर्फ ल्याइएको छ । पहिरोले सडक अवरुद्ध भएपछि म्याग्दी र मुस्ताङबाट जोखिम मोलेर वारपार गर्दा विगतमा स्वदेश तथा विदेशी पर्यटकले समेत ज्यान गुमाएका छन् ।