म्याग्दीको मालिका गाउँपालिका–५, देविस्थानकी शोभा फगामी उत्कृष्ट महिला स्वंयमसेवक सम्मानित हुनुभएको छ ।

देविस्थान स्वास्थ्य चौकीले आइतबार एक कार्यक्रम गरी आ.व. २०७६÷७७ मा कार्यदक्षता, बैठकमा उपस्थिति, रेकर्डिङ्ग, रिपोर्टिङ्गको आधारमा साविक देविस्थान गाविस वडा नं ५ कि महिला स्वास्थ्य स्वयंसेविका फगामीलाई देविस्थान स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष पिपला बुढाले प्रमाणपत्र र दोसल्लाले सम्मान गर्नुभएको स्वास्थ्य चौकी प्रमुख तेजिन्द्र रानाले जानकारी दिनुभयो ।

‘गाउँको स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन महिला स्वयंसेविकाको भूमिका ठूलो छ,‘उहाँहरुको समस्यालाई समाधान गदैं अगाडी बढ्नुपर्छ’ वडा अध्यक्ष बुढाले भन्नुभयो । उहाँले गाउँभित्रका सामाजिक, स्वास्थ्य लगायत विभिन्न आवश्यकतामा महिला स्वयंमसेविकाले ठूलो भूमिका निवार्ह गरेको बताउनुभयो ।

सोही अवसरमा सम्मानित हुदै स्वंयमसेविका फगामीले सम्मानले उर्जा थपेको बताउनुभयो । ‘आगामी दिनमा अझै धेरै राम्रो काम गर्छु,‘सम्मानबाट धेरै खुसी छु’ फगामीले भन्नुभयो । गाउँलेको मायाँ र साथले काम गर्न सजिलो भएको उहाँको भनाई थियो ।

स्वास्थ्य चौकी प्रमुख रानाले स्वास्थ्यको खम्बा महिला स्वास्थ्य स्वयंसेविकाहरु नै भएकाले समस्याको समाधानमा सम्बन्धित निकायले समेत चासो दिनुपर्ने बताउनुभयो ।

उहाँले सिमित सुविधामा महिला स्वंयमसेविकाले खेलेको भूमिकाको शब्दमा ब्याख्या गर्न नसकिने बताउनुभयो । स्वास्थ्य चौकी व्यवस्थापन समिति, संस्थाका कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका लगाएको उपस्थितीमा भएको कार्यक्रमको सम्मान कार्यक्रमको अध्यक्षता समितिकी अध्यक्ष बुढा र सञ्चालन स्वास्थ्य चौकी प्रमुख रानाले गर्नुभएको थियो । वडाभित्र ९ जना स्वंयमसेविका छन् ।

Leave a Reply