बागलुङ उद्योग बाणिज्य संघले बागलुङ बजार एक सातालाई लकडाउन गर्ने घोषणा गरेको छ ।
समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि बागलुङ उद्योग बाणिज्य संघले सोमबार विज्ञप्ती प्रकाशित गर्दै बागलुङ बजार पुनः लकडाउन गर्ने जनाएको हो । सोमबार राती १२ बजेदेखि लागु हुने गरि एक हप्तालाई लकडाउन गर्ने घोषणा गरेको संघका अध्यक्ष युवराज राजभण्डारीले जानकारी दिनुभयो । उहाँले लकडाउनलाई पालना गरिदिनको लागि व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ ।
संघले विज्ञप्ती प्रकाशित गर्दै लामो समयको लकडाउनका विच व्यवसायीहरुले धेरै प्रकारका समस्याको सामना गर्नु परिरहेको परिस्थिति प्रति संघ गम्भिर जनाउँदै लकडाउन खुकुलो गर्ने सरकारको मोडालीटीले पुन संक्रामणको दायरा दिन प्रतिदिन बढ्दो देखिएकोले र बागलुङ जिल्ला भित्र पनि नयाँ केशहरु थ्पिदै गइरहेकोले सवै भन्दा ठूलो सम्पत्ति मानव स्वास्थ्य रहेको कुरा मनन् गर्दै पुनः एक हप्तालाई लकडाउन गर्ने घोषणा गरेको जनाएको छ ।
संघले जिल्लाका कतिपय स्थानिय तहहरु पूर्ण र आंशिक रुपमा शिल भइरहेकाले स्थानिय तहको समन्वय एवं सहकार्यमा आन्तरिक लकडाउनको अवधिमा अति आवश्यक खाद्य सामाग्री, मासुजन्य, दुधजन्य, पानी, औषधी तथा सरसफाईका सामाग्री, तरकारी, ग्याँस, डिजेल, पेट्रोल, मट्टीतेल लगायतका सामाग्रीहरु बाहेकका अन्य सवै प्रकारका उद्योग तथा पसलहरुलाई बन्द गरिदिन अनुरोध गरेको छ ।                                                संघले अति आवश्यक सामाग्रीहरु विक्रीको लागि विहान ७ बजेर ३० मिनेटदेखि १० बजे सम्म र साँझ ४ बजेदेखि ६ बजेसम्म मात्र कारोबार गर्नुपर्ने जनाएको छ ।
उद्योग बाणिज्य संघले ग्रामिण भेगबाट बजारमा आउनुहुने उपभोक्ता र सवारी साधनलाई अति आवश्यक काम बाहेक बजार क्षेत्रमा प्रवेश नगरिदिन समेत अनुरोध गरेको छ ।

Leave a Reply