म्याग्दी बहुमुखी क्याम्पस क्षेत्रलाई हरियाली बनाउने उद्देश्यसहित क्याम्पस परिसरमा पुष्परोपण गरिएको छ । पब्लिक क्याम्पस प्राध्यापक संघ म्याग्दी बहुमुखी क्याम्पसले आयोजना गरेको कार्यक्रममा गुलमोहर,ज्याकरान्डा, कल्कि, कपुर थुपी लगायत विभिन्न प्रजातिका करिब १ सय फुल रोपिएको थियो ।पुष्परोपण कार्यक्रमको उद्घाटन गदैं क्याम्पस सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुबेदीले क्याम्पसभित्र ब्यवसायीक रुपमै आम्दानी हुने फलफुल, पुष्परोपणलाई निरन्तरता दिने बताउनुभयो ।

उहाँले पुष्परोपणले यहाँको शोभा बढाउनुको साथै हरियालीको सन्देश जाने भएकाले पनि नियमित हेरचाह गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा क्याम्पस संचालक समितिका कोषाध्यक्ष दिपेन्द्रकुमार श्रेष्ठ ‘दिपु’, क्याम्पस प्रमुख गोरखबहादुर जिसी, पत्रकार महासंघ म्याग्दीका अध्यक्ष तारानाथ शर्मा, पूर्व विद्यार्थी मञ्चका सचिव अर्जुन पौडेल लगायतको उपस्थिती रहेको थियो । क्याम्पसभित्र विगतमा लगाइएको एभोकाडो रोपणमा देखीने सक्रीयता जस्तै रोपेका बिरुवाको संरक्षणमा पनि सवैले ध्यानदिनुपर्ने प्राध्यापक संघका अध्यक्ष नारायणप्रसाद सुबेदीले बताउनुभयो । कार्यक्रमको सञ्चालन प्राध्यापक संघका सचिव देवराज शर्माले सञ्चालन गर्नुभएको थियो ।

Leave a Reply