बेनी नगरपालिका-२ बगरफाँटका प्रेम बहादुर दमाईको बुबाको मृत्यु भएपछि आमाले दोस्रो विवाह गर्नुभयो । बुबाको मृत्युपछि पाँचबर्षको उमेरमा आमाले साथ छोडेपछि अलपत्र परेका दमाईलाई स्थानीय अगुवाको सहयोगमा बालगृहको जिम्मा लगाईयो ।

जन्मदिने आमाको काख छोडेर बालगृहमा आएका दमाई जस्तै धवलागिरी गाउँपालिका–१ गुर्जाका निराजन छन्त्यालले पनि बुबालाई गुमाएपछि आमाले साथ छोडिपनि बालगृहमा पुगे ।

आमाले नै साथ छोडेपछि जिल्ला प्रशासन कार्यालय हुदै बालगृहमा आएका दमाई र छन्त्यालसँगै १३ जना बालबालिकाको लागि बालगृहमा रहनुभएकी सावित्री थापामगर नै बुवाआमा बन्नुभएको छ ।

आमाबुबाको मुख हेर्न बेलामा अनाथ बालबालिकाले थापामगरको अनुहार हेर्ने गरेका छन् । जन्मदिने आमाबुबालाई गुमाएर बालगृहभित्र पुगेकालाई खानेबस्ने, पढ्नेको कुनै समस्या छैन् ।

जन्मदिने आमाबुबाले साथ छोडेपनि ममतामयी आमाको भूमिकामा रहनुभएकी सावित्रीले कुशे औंसीमा पुजनीय बुवाको भूमिमा निभाउने गरेको बताउनुभयो ।

मिठा परिकार खान दिने गरिएपनि एसईई दिएपछि उच्च शिक्षाका लागि जानेले पछि उपहार समेत पठाउने गरेका छन् ।

आज (बुधबार) विहान बालगृहमा पुग्दा बालबालिकालाई थापामगरले आमाबुबाको मायाँ दिने गरी मिठो खानेकुरा दिएर आर्सिवाद दिदै आमाबुबाको अभाव हुन नदिने बताउनुभयो ।

आमाबुबाको मुख हेर्ने दिनको महत्वका बारेमा बताउँदै गर्दा उमेर बढ्दै गरेका केहीको आँखा रसाएको थियो । ‘मैले आमाबुबाको अभाव हुन दिएको छैन्,‘सबैले आमा भनेर बोलाउँछन्’ थापामगर भन्नुभयो ।

नेपाल बाल संगठन अन्तरगत सञ्चालित बालगृहमा २४ घण्टै साथमा हुने गर्नुभएकी सावित्रीले आफ्नै कोखबाट जन्मिएका सन्तान सरह मायाँ गर्ने गरेको बताउनुभयो ।

‘मुटुको अप्रेसन गरेको बिरामी भएकाले दुख हुन दिन्न,‘उनीहरुँसगै रुन्छु’ सावित्रीले भन्नुभयो । उहाँले आमाबुबाको मुख हेर्न दिनको महत्वका बारेका हरेक बर्ष बालबालिकालाई जानकारी समेत गराउने गरेको बताउनुभयो ।

बुधबार प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले समेत बालबालिकासँग करिब एकघण्टा विताउनुभएको थियो । बालबालिकाको समस्या र आवश्यकताका बारेमा संगठनका सभापति नेत्रबहादुर महत र पदाधिकारीलाई समेत बुझनुभएको थियो । बालगृहमा प्रजिअ अधिकारीलाई स्वागत समेत गरिएको थियो ।

Leave a Reply