भदौ १ गते कोरोना पुष्टि भएकी बागलुङ नगरपालिका ३ हाडेपाखामा व्यवसाय गरी बस्ने २३ बर्षिय महिलाको सम्पर्कमा आएका ६ जनालाई संक्रमण पुष्टि भएको छ ।

बुधबार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा संक्रमित महिलाको सम्पर्कमा आएका ६ जना सहित बागलुङका थप ८ जनालाई कोरोना संक्रमण पुष्टि भएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो ।

प्रमुख खनालले संक्रमित महिलाको संम्पर्कमा आएका १४ जनाको स्वाब परीक्षणको लागि पठाइएकोमा बागलुङ नगरपालिका–३ का ६ जनाको रिपोर्ट पोजेटिभ र अन्यको नेगेटिभ आएको बताउनुभयो ।

संक्रमित महिलाका छोरा, २ जना पुरुष र ३ जना महिलाको रिपोर्ट पोजेटिभ आएको प्रमुख खनालले बताउनुभयो । खनालले संक्रमित महिलाका ८ बर्षिय छोरा, १३ बर्षिय एक जना किशोर, २२ बर्षिय एक जना पुरुष, १६ बर्षिय एक जना किशोरी र २१ र ३५ बर्षिय दुई जना महिलालाई संक्रमण पुष्टि भएको बताउनुभयो।यस्तै जैमिनी नगरपालिका–८ का २० बर्षिय एक जना पुरुष र बडिगाड गाउँपालिकाका ३४ बर्षिय एक जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

Leave a Reply