म्याग्दीबाट स्बाब संकलन गरी गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको ३० जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

१ जना सर्वसाधारण, ९ प्रहरी र २० विदेशबाट आएर क्वारेटाइनमा बसेकाको स्बाब पठाइएकोमा सबैको नेगेटिभ आएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

‘यो रिर्पोटसँगै म्याग्दी सक्रिय कोरोना संक्रमितमुक्त छ,‘पोखरामा पिसिआरको आउनुपर्ने बाँकी रिर्पोट छैन’ लम्सालले भन्नुभयो । मंगलबार समेत सर्वसिाधारण, सुरक्षाकर्मी सहित ४२ जनाको रिर्पोट समेत नेगेटिभ आएको थियो ।

क्वारेन्टाइनमा रहेका, कोरोना रोकथाममा फन्टलाइनमा रहेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी सहितको टोलीको स्वाब र भिडभाड हुने र ग्रामिण क्षेत्रमा समेत संकलन गरिएको नमुना स्बाबको रिर्पोट नेगेटिभ आएकाले हालसम्म म्याग्दी कोरोना संक्रमणबाट जोगिएको प्रमुख लम्साललको भनाई छ ।

बढी मानिसको भीडभाड हुने कार्यालय,सवारी चालक, ग्यारेज वर्कसप, बैंक तथा वित्तीय संस्था लगायतमा आवश्यकता अनुसार थप स्बाब लिन सकिने समेत बताइएको छ ।

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण समुदायस्तरमा फैलिन सक्ने उच्च जोखिम बढेपछि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी) म्याग्दीको वैठकको कालिपुल बाहेक जिल्लाभित्रका सबै नाका सिल गरेको छ ।

छिमेकी जिल्ला बागलुङ, पर्वत, मुस्ताङ र कास्की हुदै उत्तरी म्याग्दीमा प्रवेश गर्ने नाकामा समेत प्रहरीले कडाई गरेको छ । म्याग्दीमा भारतको हरिद्धारबाट फर्किएका बेनी नगरपालिका–४ स्वातका २१ बर्षिय यूवाको दोस्रो आइसोलेसनबाट विदाई गरेसँगै खुल्लामञ्चको आइसोलेन कक्ष समेत खाली छ ।

म्याग्दीमा ५ महिला सहित ४३ जना पुरुष गरी ४८ जना कोरोना मुक्त भएर घर फर्किएका सबै विदेशबाट आएकाले समुदायमा हालसम्म कोरोना संक्रमति छैनन् । म्याग्दीका पहिलो कोराना संक्रमित भारतबाट आएका मालिका गाउँपालिका–४ महभीरका ३० बर्षिय यूवा हुन् । हाल बेनीको माउण्ट एभरेष्ट र म्याग्दी बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा २९ पुरुष र ६ महिला रहेका छन् ।

Leave a Reply